Websoft University

www.radiomakalu.com || 021-522512


सरकार तोकिएकै समयमा निर्वाचन गर्न तयार छः कानुनमन्त्री



भक्तपुर, भदौ १९ गते । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सरकारले तोकिएकै समयमा तीन वटै तहको निर्वाचन गर्ने तयारी गरेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले २०७४ माघभित्र तीन वटै तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने भएकाले निर्वाचन गर्न सरकार तयार छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचन अतिआवश्यकता रहेको र यसमा कसैको अवरोध नभएको जनाउँदै मन्त्री नायकले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गर्ने र त्यसलगत्तै अन्य दुई निर्वाचन गर्न सकिने बताउनुभयो । निर्वाचनका लागि राजनीतिक दलबीच सहमति र सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।

मधेसका माग केही व्यक्तिको मात्र नभएर पूरा मधेसको भएको जिकिर गर्दै मन्त्री नायकले नयाँ सत्ताको गठबन्धन अगावै मधेसी मोर्चासँग गरिएको तीनबुँदे सहमतिको कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन गरी मधेसको माग सम्बोधन भएसँगै निर्वाचनको वातावरण बन्ने हुने उहाँको भनाइ थियो ।

उहाँले नेपालका न्यायालय भ्रष्टाचार र अनियमितताबाट अछुतो नरहेको बताउँदै न्यायालयमा भइरहेको अनियमिता र भ्रष्टाचार नियन्त्रण गर्न आफू लागिपरेको जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget