Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमा पहिलोपटक ‘फेसन सस्तो बजार’ खुल्दै

fashion bazar  (6)


काठमाडौं, भदौ १९ गते । नेपालमा पहिलोपटक ब्राण्डेड फेसन सामानहरु बिक्री/वितरण गर्ने सस्तो बजार खुल्ने भएको छ । पाँच करोड रुपैयाँको लगानीमा सुन्धारास्थित धरहराको पछाडि थाहा टोलमा दुई रोपनी जग्गामा ‘सस्तो फेसन बजार’ खुल्न लागेको हो ।

असोज पहिलो सातासम्ममा अर्थात् दशैंअघि फेसन बजार सञ्चालनमा ल्याउने बजारका सञ्चालक सुरेश लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो ।


बजारको निर्माण कार्य ९९ प्रतिशत सकिएको छ, केहीदिनभित्रै सटरहरु भाडामा लगाइने लामिछानेले जानकारी दिए । बजारमा ४० वटा सटर रहने छन्, जहाँ एक सटरमा एउटामात्रै आइटम राख्न पाइने छ ।

‘अहिलेसम्म नेपालमा यस्ता किसिमका बजारहरु खुलेका छैनन्,’ लामिछानेले भने- ‘सुन्धारातिर एउटा सानो सटरको ३०/४० हजार रुपैयाँ पर्छ, तर हामीले मिडियम साइजको सटर १२ देखि १६ हजार रुपैयाँमै उपलब्ध गराउँछौं ।’

बाहिरको मुल्यभन्दा आइटम हेरी ३० देखि ४० प्रतिसतसम्ममा ब्राण्डेड सामान बिक्री/वितरण गर्ने उनले दाबी गरे । ‘धेरै बेच्ने, सस्तोमा बेच्ने र ब्राण्डेड सामानमात्रै बेच्ने’ आफूहरुको उद्देश्य रहेको लामिछानेले बताए ।

‘हामीले गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन गर्न खोजेको हौं,’ उनले भने- ‘तर, यहाँ विदेशका ब्राण्डेड सामानहरु पनि उपलब्ध हुनेछन् ।’ बजारभित्र चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, अन्डर गार्मेन्टका पसल रहनेछन् भने एउटा स्तरीय शैलुन रहने छ ।

दुई तलाको यो भनव सुरुका तला आरसीसी ढलान र माथिल्लो तला पि्रफाइव भएकाले पूर्णरुपमा भूकम्प प्रतिरोधी छ ।
सटर पाँच वर्षका लागि भाडामा लगाइने र पाँच वर्षपछि नविकरण गरिने छ ।

सञ्चालक लामिछानेका अनुसार फेसन सस्तो बजारमा सटर लिन इच्छुकले फेसन सस्तो बजारको फेसबुक पेज वेभ पेज मा गएर सम्पर्क गर्नसक्ने छन् । बजारबाट फेसनसँग सम्बन्धित नयाँ-नयाँ उत्पादनको डिजाइनसमेत हुने उनले बताए ।

बजारमा १०० वटा मोटर साइकल र आधा दर्जन जति गाडी पार्किङ गर्न सकिने भएकाले आफ्नो साधन लिएर सामान किन्न जानेलाई पनि सजिलो हुने उनको भनाइ छ ।


अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget