Websoft University

www.radiomakalu.com || 021-522512


कालोबजारी गर्नेलाई सामाजिक बहिस्कार गर्ने आपूर्ति मन्त्रीको घोषणा

'उपभोक्तालाई राहत दिन ग्यासको मूल्य घटायौं, चिनीको मूल्य पनि घट्छ'
काठमाडौं,भदौ १९ गते । आपूर्ति मन्त्री दीपक बोहोराले कालोबजारी गर्नेहरुलाई कुनै पनि हालतमा छुट नदिने र सामाजिक बहिस्कार गर्ने वातावरण सिर्जना गर्ने दाबी गरेका छन् ।

उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने र कालोबजारी गर्नेहरुलाई कारवाही गर्न फितलो कानुनी व्यवस्थालाई कडा बनाउने उनले बताए ।

बल्खुको सुन्दरी घाटमा आइतबार तीन करोड मूल्य बराबरका अखाद्य सामान नष्ट गर्दै मन्त्री बोहोराले भने, ‘दोषी एकजनालाई पनि छाड्दिनँ ।’

उपभोक्ता अधिकारसँग सम्बन्धित कानुनहरु छरिएको अवस्थामा रहेकाले कतिपयले उन्मुक्ति पाउने अवस्था पनि रहेको भन्दै उनले कानुन संशोधन गर्ने एउटै सशक्त कानुन बनाउने बताए ।

जनताको स्वास्थ्य विग्रिने कुरामा सरकार सचेत रहेको भन्दै मन्त्री बोहोराले बजार अनुगमन जारी राख्ने बताए । ‘रेड गर्दै जान्छौं । अनुगमन रोकिँदैन,’ उनले भने, ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्नेहरुलाई कानुनको घेरा बाहिर जान दिँदैन ।’

मन्त्री बोहोराले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएपनि पछि पनि त्यसलाई निरन्तरता दिने बताए । उपभोक्तालाई राहत दिन सरकार क्रियाशील रहेको उनले बताए ।

खाना पकाउने ग्यासको मूल्य हालै घटाइएको र अब चिनीको मूल्य पनि घटाउने तयारी भइरहेको मन्त्री बोहोराले जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget