Websoft University

www.radiomakalu.com || 021-522512


संसारका यी पाँच देशमा हुँदैन रात, ७६ दिनसम्म डुब्दैन सूर्य !

1

संसारभरी सूर्य उदायपछि दिनको सुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न सुरु गर्छ तर के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश बारेः

नर्वेः
नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।
स्विडेनः
स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको सुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन ।
आइसल्याण्डः
आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।
क्यानडाः
क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।
फिनल्याण्डः
फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget