Websoft University

www.radiomakalu.com || 021-522512


भूकम्पपछि मानव बेचबिखन र ओसारपसारमा वृद्धि

काठमाडौँ, भदौ २० गते । नेपालबाट मानव बेचबिखन तथा ओसारपसार गर्ने क्रम रोकिएको छैन, बरू यसको सङ्ख्या बढ्दो क्रममा छ र क्षेत्र पनि फराकिलो भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालबाट बेचबिखन तथा ओसारपसार गर्ने क्रम विगतको तुलनामा भूकम्पपछि १५ देखि २० प्रतिशतले बढेको छ ।
नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थासँग रहेको तथ्याङ्कको आधारमा, आव २०७०.२०७१ र २०७१.२०७२ दुवै वर्ष नौ हजारदेखि साढे नौहजारको सङ्ख्यामा बेचबिखन तथा ओसारपसारका प्रयास भएका र आठदेखि साढे आठ हजार बेचबिखन तथा ओसारपसारका घटना भएका थिए । नेपालबाट यति नै सङ्ख्यामा मानव बेचबिखन तथा ओसारपसार भएको छ भन्ने आधिकारिक तथ्याङ्क भने अहिलेसम्म कसैसँग छैन ।
राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले बेचबिखनमा पर्न लागेका महिलाको उद्धार गरिएका आधारमा पनि विभिन्न प्रयोजनका लागि थुप्रो देशमा नेपाली बेचिने गरेको प्रमाणित भएको बताउनुभयो ।
उहाँले मानव बेचबिखन नियन्त्रण गर्न बेचविखनका गिरोह जसरी गाउँदेखि जिल्ला, सहर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म सञ्जाल विस्तार गरेर सक्रिय छ, त्यसैगरी नियन्त्रण गर्ने निकायले पनि गाउँदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सञ्जाल निर्माण गर्नसके मात्र सम्भव छ भन्नुभयो ।
उहाँका अनुसार पछिलो समयमा दलालहरूले श्रीलङ्कालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर नेपाली महिलालाई ओमान, मलेसिया, इराक, लेबनान, लिबिया, तान्जानिया, केन्या तथा खाडीका विभिन्न मुलुकमा ‘सप्लाई’ गर्ने गरेको पाइएको छ । भारतको बाटो हुँदै एकमहिने ‘भिजिट’ भिसामा श्रीलङ्काको कोलम्बोमा बन्धक बनाइएको अवस्थामा हालै उद्धार गरेर ल्याइएका १८ महिलाको भोगाइले पनि उहाँको भनाइलाई पुष्टि गर्छ ।
आकर्षक कमाइ हुने देशमा पठाइदिने आर्थिक प्रलोभन देखाएर श्रीलङ्काको कोलम्बोमा पु¥याई महिनौसम्म बन्धक बनाएर राखिएका १८ नेपाली महिलाको श्रीलङ्काका लागि नेपाली राजदूतावास र माइती नेपालको संयुक्त प्रयासमा उद्धार गरी साउनको अन्तिम साता स्वदेश फर्काइएको थियो ।
प्रहरी अपराध अनुसन्धान केन्द्र (सीआइबी) का अनुसार अवैधानिक रूपमा विभिन्न प्रयोजनका लागि विदेशिने नेपाली महिलालाई भारतको प्रहरीले निगरानी बढाएसँगै दलालहरूले श्रीलङ्काका लागि एकमहिने भिजिट भिसा प्रयोग गरेर कोलम्बोबाट विश्वका विभिन्न मुलुकमा पठाउने गरेको पाइएको छ । श्रीलङ्कामा कति नेपाली महिला बन्धक बनाइएका छन् र के कस्तो अवस्थामा रहेका छन् भन्ने विषयमा श्रीलङ्काली प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव मधु रेग्मीले नेपालमा बेचबिखनको स्वरूप, क्षेत्र, लक्षित समुदाय बर्सेनी फेरिएकाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने कार्य जटिल बन्दै गएको बताउनुभयो ।
नेपालबाट पत्याउनै नसक्ने शिक्षित र धनी परिवारका छोरीबुहारी नजानिदो तरिकाले उच्च शिक्षा अध्ययन वा आकर्षक वैदेशिक रोजगारका नाममा बेचबिखनको जोखिममा पर्ने गरेको भक्तपुर जिल्लाका प्रहरी प्रमुख किरण वज्राचार्यले वताउनुभयो ।
अझै आश्चर्यलाग्दो कुरा त दलालको प्रलोभनमा परेर आफ्नै श्रीमान्ले उपचारको बहानामा श्रीमती लगेर बेच्ने, बाबुले छोरी बेच्ने गरेको पाइएको छ । यसले गर्दा यस्ता घटनाको उजुरी, खोजी र उद्धारको काम झनै चुनौतीपूर्ण बनेको वज्राचार्य बताउनुहुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget