Websoft University

www.radiomakalu.com || 021-522512


‘भूकम्पपीडितलाई तीन लाख अनुदान’

nepal_earthquake

काठमाडौँ, भदौ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताउनुभएको छ । प्रधानमन्त्रीले भूकम्पपीडितलाई तीन लाख अनुदान र दुई लाख रुपियाँ सहुलियत ऋण गरी पाँच लाख रुपियाँ दिइने पनि स्पष्ट पार्नुभएको छ ।

सिन्धुपाल्चोकबाट आएका चार राजनीतिक दलका सांसदले बुझाएको सातबुँदे ज्ञापनपत्र बुझ्दै आइतबार प्रधानमन्त्रीले यस्तो जानकारी दिनुभएको हो । सिन्धुपाल्चोकका सभासद् नेकपा (एमाले)का अमृत बोहरा, नेकपा
(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा संलग्न हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीले भूकम्पपीडितको छुट भएकाको नाम सङ्कलनका लागि प्रक्रिया सुरु गर्न आफूले निर्देशन दिइसकेको र वास्तविक भूकम्पपीडितको नाम थपिने बताउनुभएको थियो । भेटमा सहभागी नेताका अनुसार प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई तत्काल एक लाख रुपियाँ थपेर तीन लाख रुपियाँ अनुदान दिइने र दुई लाख सहुलियत ऋण गरी पाँच लाख उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभएको छ । उहाँले भूकम्पपीडितलाई थप एक लाख रुपियाँ प्रदान गर्ने विषयमा छिट्टै निर्णय गरिने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
भेटमा प्रधानमन्त्रीले जुरेको पहिरोदेखि नै पीडितलाई राहत र अनुदानका लागि सिन्धुपाल्चोकमा पटक–पटक गएको स्मरण पनि गर्नुभयो । प्रधानमन्त्रीले सिन्धुपाल्चोक लगायत भूकम्प प्रभावित क्षेत्रका जनताका समस्या समाधानप्रति निकै गम्भीर रूपमा सरकार लागिरहेको बताउनुभयो । प्रधानमन्त्रीले अरनिको राजमार्ग मर्मत र तातोपानी नाका खोल्न आफूले पहल गरिरहेको जानकारी दिनुभयो ।
भेटपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री दाहालले छुट भएका भूकम्पपीडितको नाम थप्न प्रक्रिया सुरु भएको, थप एक लाख रुपियाँ प्रदान गर्न सरकारले गृहकार्य अगाडि बढाएको र नीतिगत निर्णय गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
नेता बस्नेतले अरनिको राजमार्ग र तातोपानी नाका सुचारु गर्न हामीले जोड दियौँ र प्रधानमन्त्रीज्यूले पनि यसलाई सकारात्मक रूपमा लिनुभएको छ भन्नुभयो । उहाँले चीन सरकारले दिने १५ अर्ब रुपियाँलाई सडक निर्माणमा खर्च गर्न, चिनियाँ नाका तत्काल खोल्न चीन सरकारसँग कूटनीतिक प्रयास गर्न पनि टोलीले सरकारको ध्यानाकर्षण गराएको छ ।
भूकम्पपछि तातोपानी नाका सञ्चालन हुन सकेको छैन । भेटमा चीन सरकारले सुरक्षा चासो देखाएको विषयमा पनि छलफल भएको थियो । सिन्धुपाल्चोकका सांसदले तातोपानी नाकाबाट चीनलाई कुनै सुरक्षा चुनौती नभएको विषयमा चीन सरकारलाई आश्वस्त पार्नुपर्नेमा जोड दिनुभएको थियो ।
कतिपय नेपालीका घरमा दलाई लामाको तस्बिर राखेको पाइएपछि चीनले शङ्का व्यक्त गरेको कुरा पनि भेटमा उठेपछि लामाको तस्बिर राजनीतिक उद्देश्यबाट नभई बुद्ध धर्मका अनुयायी भएका कारणले राखेको जानकारी सांसदले प्रधानमन्त्रीलाई गराउनुभएको थियो ।
यसैगरी यातायात व्यवस्था विभागले रुट परमिटमा कारण यात्रुले निकै कठिनाइ भोग्नुपरेकाले रुट परमिटको व्यवस्थालाई तीन महिनाभित्र पूर्णरूपमा लागू गर्नेगरी अस्थायी रुट परमिटको व्यवस्था गर्न र सबै प्रकारका सिन्डिकेट प्रणाली खारेज गर्न सांसदले प्रधानमन्त्रीसँग माग गर्नुभयो । सांसदले २०५२ देखि २०६२ सालसम्मको सशस्त्र सङ्घर्षका समयमा तत्कालीन माओवादीले बिजुलीको बिल नतिर्न भनेका कारण बाँकी रहेको बक्यौता मिनाह गर्न पनि माग गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका समस्याबारे जानकारी
यसैबीच राससका अनुसार लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आइतबार भेटी विश्वविद्यालयका समस्याका बारेमा जानकारी गराउनुभएको छ  । विश्वविद्यालयका उपकुलपति प्राडा नरेशमान बज्राचार्यको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले विश्वविद्यालयको ऐनमा जनस्तरबाट विश्वविद्यालय सञ्चालन गर्ने भनिएकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नकारात्मक असर र भ्रम सिर्जना भएकाले त्यसलाई संशोधन गरी सरकारलाई विश्वविद्यालयको स्वामित्व ग्रहण गर्न माग ग¥यो । रजिस्ट्रार तिलकराम आचार्यले विश्वविद्यालयले अहिलेसम्म गरेका विभिन्न गतिविधि तथा प्रगतिका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनुभयो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयलाई राम्रोसँग सञ्चालन गर्न सरकारले आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी उपकुलपति बज्राचार्यले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget