Websoft University

www.radiomakalu.com || 021-522512


पाकिस्तानी कप्तान अजहर अलीको अनौठो कीर्तिमान


इङ्ल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले एकदिवसीय शृंखलाको सबै खेल हार्ने छाँटकाँट देखाइरहेको बेला कप्तान अजहर अलीले ४२ वर्षको रोचक कीर्तिमान दोहर्याएका छन्। पाँच एकदिवसीयको शृंखलाअन्तर्गत पाकिस्तानले चार खेल गुमाइसकेको छ।

तर, एकदिवसीयमा पाकिस्तानको कप्तानी गरिरहेका अजहरले चौथो खेलमा ८० रन बनाएपछि उनले चार दशक पुरानो कीर्तिमान बराबरी गरेका छन्। कप्तानको भूमिकामा एकदिवसीय शृंखलामा २ पल्ट ८० भन्दा माथि स्कोर गर्ने ब्याट्सम्यानको कीर्तिमान यसअघि अस्ट्रेलियाका इयान च्यापलको नाममा थियो।

च्यापलले सन् १९७४ मा न्युजिल्यान्डविरूद्धको शृंखलामा यस्तो कीर्तिमान बनाएका थिए। उनले २ एकदिवसीय खेलको शृंखलामा पहिलोमा ८३ र दोस्रोमा ८६ रन बनाएका थिए। च्यापलले आफ्नो लामो क्रिकेट जीवनमा कूल १६ वटा मात्र एकदिवसीय खेलेका थिए। जसमा ८ अर्धसतक समावेश छ। अजहरले पनि यही शृंखलाअन्तर्गत पहिलो एकदिवसीयमा इङ्ल्यान्डविरूद्ध ८२ रन बनाएका थिए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget