Websoft University

www.radiomakalu.com || 021-522512


दर्शकलाई ‘पाखे’ भन्दा अस्ट्रेलियाका टेनिस खेलाडीलाई १० हजार डलर जरिवाना


टेनिस समर्थकसँग झगडामा अल्झिन पुग्दा अस्ट्रेलियाका बेनार्ड टोमिकले १० हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ। १७ औं वरियता प्राप्त खेलाडी टोमिकले हाल न्युयोर्कमा सञ्चालन भइरहेको वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनमा आफ्नो रिसलाई नियन्त्रणमा राख्न नसक्दा दण्ड भोग्नु परेको हो।

उनी ७२ औं वरियताका डामिर जुम्हुरविरूद्ध खेलिरहेका थिए। यसै क्रममा कोर्टमा खेल हेरिरहेका एक समर्थक माथि उनी एक्कासी भड्किन पुगेका थिए। उनले पछि आफ्नो व्यवहारप्रति माफी मागे।

तर, अन्तर्राष्ट्रिय टेनिस महासंघ(आइटिएफ) ले उनी माथि आर्थिक जरिवाना लगाउने निर्णय गर्यो। यो खेल टोमिकले ४ सेट लामो भीडन्तमा गुमाउन पुगेका थिए। उनको सर्भिसमा हल्ला गरिरहेका एक समर्थकलाई उनले कोर्टभित्र बाटै अभद्र गाली दिए।

‘म तँलाई शान्त हुन एक सय दिन्छु। त पाखे होस्। तैले जीवनमा केही प्राप्त गर्ने छैनस्। केही गर्न सक्दिनस्,’ कोर्टबाट चिच्याएका टोमिकको स्वर टेलिभिजनबाट प्रस्ट सुनिएको थियो।

टेनिसमा अपशब्द प्रयोग गर्दा जरिवाना भएको यो नै पहिलो घटना होइन। यही वर्ष विम्बल्डनमा टेनिस र्याकेट फ्याकेको आरोपमा aहेथर वाट्सनलाई १२ हजार डलर जरिवाना सुनाइएको थियो। विम्बल्डनमै कुर्सीमा बसेका अम्पायरलाई ‘इडियट’ भनेपछि भिक्टोर ट्रोइकीलाई पनि १० हजार जरिवाना लगाइएको थियो।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget