Websoft University

www.radiomakalu.com || 021-522512


इंग्ल्याण्ड चुक्यो, पाकिस्तान ४ विकेटले विजयी

CRICKET-ENG-PAK-ODI

काठमाडौं,भदौ २० गते । पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्याण्ड श्रृखला हृवाइटवास गर्ने मौका चुकाएको छ ।

कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो ।

यो साझेदारी टुटेपछि पाकिस्तानको पारी फेरि धरमरायो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो । तर, मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए ।

रिवाजले ३४ र आसिम १६ रनमा अविजित रहे । शोएव मल्लिकले ७७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रनको योगदान दिए ।

यद्यपि हारका बावजुद इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पाँच म्याचको श्रृखला ४-१ ले जितेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget