Websoft University

www.radiomakalu.com || 021-522512


हामी सँधै विदेशीका लागि लड्ने जाती मात्र बन्ने भयौं (अन्तर्वार्ता)



नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छे माओवादी आन्दोलनको उठान र बैठान भारतबाटै भएको हो भन्ने मत राख्छन् । माओवादी जनयुद्धको जगमा दोस्रो जनआन्दोलन भएको भन्ने मतलाई उनको यो मतले खारेज गर्छ । तर, उनी आफ्नो मत स्पष्ट र सपाट ढंगले अन्तर्राष्ट्रिय उदाहरण दिँदै राख्छन् । उनै बिजुक्छेसँग भक्तपुर कमलविनायकस्थित उनकै निवासमा पुगेर डिस्कभरी न्युज नेटवर्कको रातोपाटीका लागि अन्तर्वार्ता गरेका छन्– नरेश ज्ञवालीले ।


वर्तमान सरकार गठबन्धनमा विदेशीको हात रहेको भन्नुका आधार के–के हुन् ?
पहिले शेरबहादुरजी दिल्ली जानुभयो । त्यसलगत्तै महराजी पनि दिल्ली जानुभयो । त्यसैबेला गाइँगुइँ यी कुरा चलिसकेका थिए । र, मधेसवादी दलहरुसँग उहाँहरुको लगातार भइरहेको छलफलमा यी कुरा आउँछन् । पछि प्रस्ट रुपमा तीनजना यी–यी मन्त्री राख्नुहोला भन्ने दिल्लीको कुरा सार्वजनिक हुन्छ र समाचारपत्रले यो कुरालाई प्राथमिकतासाथ छाप्छन् । धेरै कुरा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका नेताहरुबाटै बाहिर आइरहेको छ ।

नेताहरु दिल्ली जानु र सरकार गठनको प्रक्रिया चल्नु नै यसको एकमात्र आधार हो, अथवा तपाईंले त्यस्ता केही छिद्र पनि देख्नुभएको छ ?
जनताले यही अनुमान गरिरहेका छन् । यी गतिविधि एकाएक छिटोछिटो अगाडि बढ्नुको मुख्य कारण भनेको चिनियाँ राष्ट्रपति सि जिन पिङ नेपाल आउने भन्ने कुराले हो । किनभने ओलीजीले चीन भ्रमणक्रममा गरेका कतिपय कुरालाई स्थायित्व दिँदै व्यवस्थित गर्नुपर्ने हुन्छ । हाम्रो सम्बन्धका साथसाथै चीन र हिन्दुस्तानको पनि आफ्नै सम्बन्ध छ । हामीले त्यसलाई कम ल्याकत भएको कुरा ठान्छौं । तर, कतिपय मामिलामा चिनियाँ नेता भारत भएर आउने गरेका छन् । यो जानकारी राख्नुपर्ने विषय हो । यी मामिलामा नेपालको दूतावास त्यति सक्रिय छैन र हामी धेरैपछि छौं । जस्तै, नेपालको कुनै एक नेता चीन जाने भयो भने चीनको भारतीय दूतावास निकै सक्रिय हुने गर्छ । राजदूतले नै यो कुरा भन्न मिलेन । हाम्रा दूतावासका कर्मचारी पनि यस मानेमा निकै निम्नस्तरका छन् । उनीहरु डायलग गर्न, अडान लिन सक्दैनन् । एकप्रकारले हामी स्वतन्त्र राष्ट्र नै होइनौं भनेजस्तो ।


मुख प्रचण्डको तर बोल्न लगाएको भारतले हो । अहिले पाकिस्तानमा विध्वंश भइरहेको छ । त्यो बाहिरको काम होइन । त्यो भारतको काम हो । यो इतिहासले प्रमाणित गर्नेछ । भन्नुको अर्थ हिन्दुस्तान दक्षिण एसियालाई आफ्नो ग्रिपमा राख्न चाहन्छ ।

संसद्बाटै चुनिएर आएको सरकारलाई नै जब हामीले विदेशीको इसारामा बनेको भन्छौं भने फेरि के स्वतन्त्र र अक्षुण्ण रहला र ?
तपाईंले भनेको कुरा महत्वपूर्ण होइन, महत्वपूर्ण के हो भने के संसद्बाट हुने काम सबै देश र जनताका निम्ति नै हुन्छन् त ? उदाहरणका निम्ति सिक्किमको संसद्लाई हामीले कुन दृष्टिकोणबाट हेर्ने ? यसले हाम्रो राजनीति कति दूषित छ भन्ने देखाउँछ । भारत सार्क मुलुकबीचमा एउटै सुरक्षा छाता कायम होस् भन्ने चाहन्छ । जसलाई पाकिस्तानले मान्ने कुरै भएन, नेपालले पनि मानेन । प्रचण्डजी पनि कम्पोस निर्माण गर्नुपर्ने धारणा राख्नुहुन्छ । नेपालबाट भारतीय हवाईजहाज आईसी ८१४ आतंकवादीले अपहरण गरे भने पनि त्यो भारतको योजनामा भएको थियो । किनभने त्यसलगत्तै भारतले नेपालका महत्वपूर्ण विमानस्थलमा ‘एयर मार्सल’ राख्ने कुरा गर्यो । त्यो अपहरण एयर मार्सल राख्न गरिएको थियो भने प्रचण्डजी बालुवाटारमा पहिलोपटक सार्वजनिक हुँदा नै सेना घटाउनुपर्ने कुरा गर्नुहुन्छ । यो उहाँ (प्रचण्ड)को कुरा होइन । मुख प्रचण्डको तर बोल्न लगाएको भारतले हो । अहिले पाकिस्तानमा विध्वंश भइरहेको छ । त्यो बाहिरको काम होइन । त्यो भारतको काम हो । यो इतिहासले प्रमाणित गर्नेछ । भन्नुको अर्थ हिन्दुस्तान दक्षिण एसियालाई आफ्नो ग्रिपमा राख्न चाहन्छ ।


अघिल्लो सरकारले गरेका सम्झौता यो सरकार गठनसँगै धरापमा परे भन्ने तपाईंको निष्कर्ष हो ?
मुखले भन्दा सानो स्वरमा हामी विगतको सम्झौतालाई अगाडि बढाउँछौं भन्छन् । तर, त्यसमा धेरै शंकाका आधार छन् । किनभने जसरी विमलेन्द्र निधिजीलाई उपप्रधानमन्त्री बनाइयो त्यसले नै यसलाई अगाडि बढाउने दिने छैन । यो कुरा कांग्रेस नेताहरुले नै भन्ने गर्छन् ।

चिनियाँ राष्ट्रपतिको अक्टोबरमा हुने भ्रमको देख्नुहुन्छ सम्भावना कत्ति?
चिनियाँले भनेको कुरालाई आधार मान्ने हो भने आउँछन् भन्नुपर्यो । सायद उनीहरुको भारतसँग कुरा भइसकेको हुनुपर्छ । चिनियाँ नेपालबारे भारतलाई चिढाउन चाहँदैनन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको विषय होस् अथवा अन्य विषय तपाईंको धारणाको आधार समाचारपत्र हुन् अथवा अन्य स्रोत पनि ?

धेरै कुरा राजनीतिक नेताबाटै आउँछ । कति कुरा अखबारमा आउनुअगावै थाहा भइसकेको हुन्छ भने कति कुरा अखबारमा आइसकेपछि थाहा हुन्छ । नेपालको मामिलामा हिन्दुस्तान जति सशंकित छ, त्यति सशंकित हुनुपर्ने आवश्यकता म देख्दिनँ । यस्ता विषयमा हल्ला धेरै हुने गरेका छन् । अहिलेजस्तो छ, त्यस्तै कोदारी राजमार्ग बनाउँदा पनि थियो । उनीहरु कोदारी राजमार्ग भएर चिनियाँ सिपाही नेपाल आउने कुरा गर्थे । आज पनि त्यही गर्छन् । त्यहाँका प्रोफेसरलाई पनि निकै कम जानकारी छ । धेरै झुट र अफवाह फैलाइएको छ, जसमा भारत सरकारले पनि विश्वास गर्छ । त्यसको पछाडिको मूल कारण भनेको पश्चिमाको आफ्नो स्वार्थ हो । पश्चिमाले आफ्नो प्रभाव घटाउनेभन्दा बढाउने कोसिसस्वरुप यस्तो गरेका हुन् । उनीहरु भावी दिनमा हुन सक्ने तेस्रो विश्वयुद्धलाई पूर्वतर्फ धकल्न चाहन्छन् । जसमा चीन र भारत एक भए भने त्यो रणनीति सफल हुन सक्दैन । त्यसैले यिनीहरुलाई मिल्न नदिने रणनीति पश्चिमाको हो ।

त्यो कसरी ?
चीन र भारत जसरी अगाडि बढिरहेका छन्, यदि तिनीहरुबीच कुनै व्यवधान पैदा भएन भने स्वाभाविक रुपमा सन् २०२२ मा चीनको उत्पादन अमेरिकाको भन्दा बढ्छ । साथै सन् २०४९ मा चीनको उत्पादनले युरोप र अमेरिकाको संयुक्त उत्पादन क्षमतालाई पछि पारिदिने तथ्यांकले देखाएको छ । यसै विषयमा अमेरिकाका थिंक ट्यांक तथा रिपब्लिकन र डेमोक्र्याट पार्टीका अर्थ विशेषज्ञको संयुक्त बैठक बसेर चीनको अर्थतन्त्रको तथ्यांक प्रस्तुत गर्दै छलफल गरे । तर, राजनीतिक नेताले त्यसलाई सहज रुपमा लिन सकेनन् । उनीहरु तथ्यांक देखेर आक्रोशित भए । त्यसको दुई÷तीन महिनामै चीनको एउटा ठूलो उद्योगमा आगलागी भयो । जसमा चीनलाई अर्बौंको नोक्सानी बेहोर्नपर्यो । हामीलाई त्यो सेबोटेज हो भन्ने शंका छ ।


पुँजीवादी व्यवस्थामा आफ्नो वर्चश्व कायम राख्न एउटा कर्पोरेट कम्पनीले अर्को प्रतिद्वन्द्वी कम्पनीमा घुसपैठ गराउने र आफूमाथि उक्लने प्रयास गर्छ भने यो विश्व महाशक्ति बनिरहने भन्ने सन्दर्भसँग जोडिएको छ । त्यसैले चीनलाई काउन्टर गर्न पश्चिमाहरु उसको प्रतिद्वन्द्वीलाई अगाडि बढाउन सहयोग गरिरहेका छन् । भारत–अमेरिकाबीच भएको आणविक सम्झौता त्यसैको परिणाम हो । यसले अमेरिकी सेनाले भारतीय अखाडा प्रयोग गर्न पाउने र संयुक्त सैन्य अभ्यास गर्ने कुरालाई थप जोड दिएको छ । यो सम्झौता त्यतिबेला भएको छ, जतिबेला अमेरिकी सैनिक केही समयअघि मात्र दक्षिण एसियाबाट फर्केका थिए ।


जस्तो हिटलर र मुसोलिनीले जात र धर्मको कुरा गर्थे, त्यसरी नै मोदीले पनि गरिरहेका छन् । मुसोलिनीले क्याथोलिक हाम्रा भनेजस्तै मोदीले हिन्दु हाम्रा भन्छन् । उनीहरुले हिन्दमहासागरलाई पनि हाम्रो हो भन्नु झगडाको बीउ रोप्नु हो ।

भनेपछि चीनलाई लिएर पश्चिमा र भारत आत्तिएको छ भन्न खोज्नुभएको ?
इतिहासमा यस्ता कैयौं उदाहरण छन् । त्यसको सबैभन्दा महत्वपूर्ण उदाहरण इटालीमा मुसोलिनीको उदय हो । अमेरिकाको गुप्तचर विभाग यति प्रभावशाली थियो कि रुसको राइफल विभागले लडाइँका लागि तयार पारेको बन्दुकसमेत नक्कली उत्पादन गरिदियो, जो युद्धमा कामै लाग्दैनथ्यो । रुसी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा विदेशी गुप्तचर विभागबाट पैसा खाने मान्छेसमेत थिए, जसलाई पछि मुद्दा चलाइयो । त्यसमा रूजबेल्टका राजदूतसमेत थिए । ती राजदूतले लेखेका पनि छन् ।

रुसविरूद्ध जसरी रसियन नेतालाई प्रयोग गरियो, त्यसरी नै भारतीय नेतालाई पनि उनीहरुले आफ्नो अनुकूलतामा प्रयोग गर्छन् । मोरारजी देसाईको विषयमा त्यस्तै कुरा बाहिर आएको थियो । जे–जस्तो गरेर भए पनि एसियालाई अगाडि बढ्न नदिने पश्चिमाको सोच छ । पश्चिमाले उत्पादन गर्ने हतियार प्रेममा उपहार दिने गुलाफ होइन । त्यसलाई उनीहरुले आफ्ना लागि प्रयोग गर्ने हुन् । इराक, लिबिया, अफगानिस्तानलगायतका देशमा भएको त्यही हो । त्यसैले चीन र भारतमा उनीहरुको आँखा छैनन् भन्न सकिन्न ।

मोदी आगमनपछिको अवस्था कस्तो पाउनुभएको छ ?
निकै आक्रामक । जस्तो हिटलर र मुसोलिनीले जात र धर्मको कुरा गर्थे, त्यसरी नै मोदीले पनि गरिरहेका छन् । मुसोलिनीले क्याथोलिक हाम्रा भनेजस्तै मोदीले हिन्दु हाम्रा भन्छन् । उनीहरुले हिन्दमहासागरलाई पनि हाम्रो हो भन्नु झगडाको बीउ रोप्नु हो ।

पछिल्लो समय नेपालले भारत र चीनसँगको सम्बन्ध कसरी अगाडि बढाउनुपर्ला भन्ने ठान्नुहुन्छ ?
नेपाली नेता गम्भीर हुनुपर्नेछ । नेपालीको संस्कार भन्ने कि के भन्ने विदेशीका निम्ति पैसा लिएर लड्ने जाति हो हामी । हामी भनेको ‘मर्सिनरिज’ हो । त्यो प्रवृत्ति तलदेखि माथिसम्म छ । पहिले अंग्रेजको दलाली गर्ने हामी अहिले हाम्रा बुद्धिजीवीलाई हेरे पुग्छ, जसले पैसा दियो । उसैका लागि काम गर्छन् ।

ratopati

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget