Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रियताको नाममा कसैलाई चिढाउने र कसैलाई बोक्ने काम गरिए देशमा दुर्घटना निम्तिन्छः केसी



काठमाडौं  भदौ १६ गते । शहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले राष्ट्रियताको नाममा कसैलाई चिढाउने र कसैलाई बोक्ने काम गरिए त्यसले त्यसले देशलाई दुर्घटनामा लैजाने बताएका छन् ।



कांग्रेस निकट प्रजातान्तिक विचार समाजले बिहिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले बताएका हुन् ।

उनले अहिले देखिएको राष्ट्रवादका विषमया भएका भारतविरोधी कुरालाई इगित गर्दै नेपालको दुई मुलकसँग मात्रै नभई समग्र मित्रराष्ट्रहरुसँग समान सम्बन्ध हुनुपर्ने बताए ।

राष्ट्रियता, भौगोलिक अखण्डता र देशको सार्वभौमिकता बाहेक सबै विषयमा संविधान संशोधन गर्न सकिन्छ भन्दै मन्त्री केसीले सबै जनताले अपनत्व महसुश हुने संविधान आजको आवश्यकता भएको बताए ।

उनले गाउँमै सहरको अनुभूति हुने खालको विकास आवश्यकता हुनुपर्ने भन्दै मन्त्रालय त्यसका लागि लागिपरेको बताए ।

कार्यक्रममा कांग्रेसका सबैजसो मन्त्रीहरुको सहभागिता रहेको भएपनि परराष्ट्रमन्त्री प्रकाशशरण महतको भने उपस्थिति थिएन ।-रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget