Websoft University

www.radiomakalu.com || 021-522512


दिनमा एक केस्रा लसुन खानुका ५ फाइदा

lasun

लसुन औषधिय गुणले युक्त वस्तु हो । आयुर्वेदमा लसुनलाई शरीरका हरेक अंगको रोगको औषधिको रुपमा लिइन्छ ।

यसमा ब्याक्टेरिया तथा ढुसी प्रतिरोधी क्षमता पाइन्छ । नियमित रुपमा लसुन खानाले निम्न फाइदा प्राप्त गर्न सकिन्छ ।

१. उच्च रक्तचाप नियन्त्रणः बिहान खाली पेटमा काँचो लसुनकोे केश्रा चपाउनाले उच्च रक्तचाप नियन्त्रण हुन्छ । यसले रक्तसंचार नियमित गर्नुका साथै मुटुको रोगबाट पनि बचाउँछ ।

२. दाँत दुखाइमा राहतः लसुनमा ब्याक्टेरिया प्रतिरोधी मात्र होइन पीडानासक अर्थात् पेनकिलर गुण पनि पाइन्छ । त्यसैले दाँत दुखेको बेलामा लसुनको एउटा केश्रा दाँतमा चेँप्नाले दुखाइ कम हुन्छ ।

३. स्वासप्रस्वास प्रणालीको मजबुतीः नियमित रुपमा लसुनको सेवन गर्नाले स्वासप्रस्वास प्रणाली स्वस्थ बन्नुका साथै यसले दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस, फोक्सोमा पानी जम्ने जस्ता समस्याबाट बचाउँछ ।

४. मुटुको स्वास्थ्यः लसुनमा रहेको सल्फर तत्वले रक्त कोशिकालाई बन्द हुनबाट बचाउँछ । साथै यसमा हुने हिलिंग गुणले शरीरमा रहेको फ्रि अक्सीजन रेडिकल्ससँग प्रतिरोध गरी छिटो बुढोपनाबाट पनि बचाउँछ ।

५. भोक जगाउनेः भोक नलाग्ने समस्या छ भने लसुन खानुस् । खाली पेट लसुन खानाले एसिडिटीको समस्या कम हुन्छ र पाचन प्रणाली पनि सुध्रिन्छ । भोक नलाग्ने समस्या समेत समाधान हुनुका साथै पाचनक्रिया सम्बन्धी समस्याबाट पनि छुटकारा पाइन्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget