Websoft University

www.radiomakalu.com || 021-522512


रिलायन्स, कलस, अरनिकोसहित ५ सिमेन्ट गुणस्तरहीन

cement

काठमाडौं, भदौ २८ गते । विनाशकारी भूकम्पबाट क्षतीग्रस्त भौतिक संरचनाको पूनर्निर्माण तीब्र गतिमा चलिरहेको छ । पुनर्निर्माणले गति लिएसँगै निर्माण समानको माग र खपत बढ्दो छ ।

माग बढेसँग सिमेन्ट उद्योगले पनि सामान्य अवस्थामा भन्दा धेरै सिमेन्ट उत्पादन गरेको छन् । तर केही सिमेन्ट उद्योगले भने मौका छोप्दै गुणस्तरहीन सिमेन्ट उत्पादन गरिरहेको फेला परेको छ ।

गुणस्तर तथा नापतौल विभागले एक साता अगाडि विभिन्न सिमेन्ट उद्योगबाट नमुना संकलन गरी सिमेन्टको गुणस्तर परीक्षण गरेको थियो । परीक्षणका क्रममा विभागले सिमेन्टको नेपाल गुणस्तर मापदण्डभन्दा कमसल अवस्थामा भेटेको छ ।

विभागले गरेको परीक्षणमा कम्प्रसिभ स्टे्रन्थ तोकिएकोभन्दा कम र आइआर तोकिएको मापदण्डभन्दा बढी फेला परेको छ । नेपाल गुणस्तर मापदण्डमा कम्प्रसिभ स्टे्रन्थ ३३ पीएमभन्दा कम र आइआर ओपिसीमा २ प्रतिशत र पिपिसीमा २८ प्रतिशत भन्दा बढी प्रयोग गर्न पाइँदैन ।

विभागले ओपीसी तथा पिपीसी अरनिको सिमेन्टको नमुना संकलन गरी परीक्षण गर्दा सिमेन्टमा कम्प्रसिभ स्टे्रन्थ तोकिएको भन्दा कम फेला परेको जनाएको छ । अरनिको सिमेन्ट बजारमा सुपर एडभान्स, इन्फ्राटेक र एडभान्स ब्राण्डले चिनिन्छ ।

उद्योगले सिमेन्टमा खराबी फेला पर्न साथ उद्योगलाई ओपिसी र पिपिसीका सम्पूर्ण उत्पादन बजारबाट फिर्ता लिई बिक्री वितरण बन्द गर्न निर्देशनसमेत दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए ।

त्यस्तै विभागले गरेकेा परीक्षणमा रिलायन्स र श्री सिमेन्ट उद्योगका ओपिसी तथा पिपिसी उत्पादनमा समेत कम्प्रसिभ स्टे्रन्थ तोकिएको मापदण्ड भन्दा कम फेला परेको छ । सिमेन्टमा खराबी फेला परेपछि विभागले यी उद्योगहरुलाई पनि ओपिसी बजारमा रिलायन्स सिमेन्टलाई रिलायन्स सुपर शक्ति तथा रिलायन्स भनेर चिनिन्छ भने श्री सिमेन्ट उद्योगको उत्पादनलाई कलश ब्रान्डबाट चिनिन्छ ।

त्यस्तै आइआर नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी प्रयोग गर्ने जय बागेश्वरी र जय मंगलम सिमेन्ट उद्योगको खराबी देखिएको व्याचका ओपिसी तथा पिपिसी सिमेन्ट बजारबाट फिर्ता लिन र बिक्री वितरण नगर्न समेत विभागले निर्देशन दिएको छ ।

नेपालमा अहिले दुई दर्जन भन्दा बढी सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गरिरहेका छन् । पछिललो समयमा भने सिमेन्ट उद्योगमा विदेशी लगानी समेत बढ्दो छ । नेपाली सिमेन्ट उद्योगले उत्पाद गरेकेा सिमेन्टले नै नेपालको ८० प्रतिशत भन्दा बढी माग थेग्ने गरेको छ । यसरी सिमेन्ट उद्योगको लापरबाहीले गर्दा भवन निर्माणमा समेत असर पुग्न सक्छ ।

एक्पायरी मिति राख्ने तयारी

हाल नेपाली बजारमा स्वदेशी र विदेशी गरी झण्डै ३० भन्दा बढी कम्पनीले सिमेन्टको उत्पादन गरी रहेका छन् । यसरी उत्पादन गरिएका सिमेन्टमध्ये धेरैमा दैनिक उपभोग्य गर्ने सामानमा जस्तो प्रत्यक्ष रुपमा उत्पादित र म्याद सकिने मिति लेखिएको हुदैँन ।

जसका कारण बजारमा उपभोक्ताले खरिद गर्ने सिमेन्टको गुणस्तर ठिक छ वा छैन् त्यो पनि थाहा पाउन सक्दैनन् । तर सिमेन्टलाई सहि तरिकाले स्टोर गरिएको अवस्थामा ६ महिनासम्म यसको आयु रहन सक्छ ।

तर स्टोर गर्दा सामान्य कुरामा पनि ध्यान दिन नसक्दा एक रातमै पनि सिमेन्ट गुणस्तरहीन हुने विभागका महानिर्देशक पुडासैनी बताउँछन् । विभागले अब सिमेन्ट उत्पादन गर्दा उद्योगले स्पष्ट रुपमा उत्पादन र म्याद सकिने मिति राख्नुपर्ने व्यवस्था लागू गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

विभागले सिमेन्ट उद्योगीहरुसँग छलफल गरेर यो नियम अनिर्वाय लागू गर्नेछ । तर अहिलेपनि सिमेन्ट बोरामा उत्पादन मिति भने प्रयोग गरिएको हुन्छ । कम्पनीले सिमेन्ट उत्पादनको समयमा बोरामा ब्याच नम्बर उल्लेख गर्छ ।

यही ब्याच नम्बरका आधारमा सिमेन्टको उत्पादन र प्रयोगका लागि अन्तिम मिति पत्ता लगाउन सकिने पुडासैनीले बताए । उपभोक्ताले सिमेन्ट किन्दा सबैभन्दा पहिले उत्पादन मिति थाहा पाउन यसको ब्याच नम्बर हेर्नुपर्छ । कम्पनीले उत्पादन गर्दा बोरामा वर्षमा ५२ हप्ताअनुसार ५२ वटा ब्याच नम्बर राखेको हुन्छ ।

जस्तै २०७३ वैशाख १ गतेखि ७ गते सम्मको समयमा उत्पादित सिमेन्टमा २०७३/१ लेखिएको हुन्छ । त्यस्तै यदि बोरामा २०७३/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७३ चैतको अन्तिम हप्तामा उत्पादित हो भन्ने बुझ्नुपर्छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget