Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय वाणिज्य बैंकमा २४९ जनालाई जागिर खुल्यो


Nrb-810
काठमाडौं, भदौ २८ गते  । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आहृवान गरेको छ । बैंकले जागिरका लागि गरेको आहृवानमा ‘प्लस टु’देखि स्नातकोत्तर उत्तिर्णसम्मले दरखास्त दिन सक्नेछन् ।

इच्छुक उमेद्वारले ३० दिन अर्थात् असोज २८ गतेभित्र सिंहदरबार अगाडि रामशाहपथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा दरखास्त बुझाउनुपर्ने हुन्छ । दोब्बर दस्तुर तिरेर थप ७ दिन आवदन फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बैंकको वेवसाइडwww.rbb.com.np मा गएर क्यारियर नोटिस बाट आवेदन फारम डाउनलोड गरी भर्न सकिने छ । तर, बुझाउन भने बैंकमै जानुपर्छ ।

लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनोट गरिने छ । लिखित परिक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ ।

बैंकले मंगलबार निकालेको सूचनामा प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी मागेको छ । अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण गरेकाले मात्रै सहायक प्रवन्धकमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, बैंकले प्रशासन अन्तर्गत पाँचौं तहको वरिष्ठ सहायकका लागि १९ वटा कर्मचारी मागेको छ । व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेकाले बरिष्ठ सहायक पदमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, पाँच तहको वरिष्ठ सहायक (नगद शाखा) मा ५० जना कर्मचारी मागेको छ । व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण गरेका व्यक्तिले यो पदका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी मागको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविधि बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ ।

बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी मागेको छ । चार तहकै सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।

खुल्ला र समावेसीका लागि छुट्टै दरखास्त आवेदन फारम नभरी एउटै फारम भर्नुपर्ने बैंकले निकालेको सार्वजानिक सूचनामा उल्लेख छ । बैंकको जागिरमा २१ वर्षदेखि ३५ वर्षसम्मका पुरुष र २१ वर्षदेखि ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्नेछन् । बैंकमा जागिर खाइरहेकालाई भने उमेर हद नलाग्ने बैंकले जनाएको छ ।

तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सुचनामा उल्लेख छ । बैंकमा जागिर खाने नयाँ कर्मचारीका हकमा महिलालाई ६ महिना र पुरुषलाई १ वर्ष परिक्षण अवधि रहेेको बैंकले जनाएको छ ।



अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget