Websoft University

www.radiomakalu.com || 021-522512


चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजलाई सम्बन्धन नदिइने


govinda kc_prachanda
काठमाडौं,भदौ २८ गते । चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीले आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र डा. केसीले अनसन बस्नु नपर्ने वातावरण बनाउन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री पौडेलले अनलाइनखबरसँग भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा दर्ता गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार आएको थियो । र, यसबारे निर्णय गर्न चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमले २९ गते फ्याकल्टी बैठक बोलाएको छ ।

आफूसँग भएको सम्झौता र माथेमा आयोगको प्रतिवदेन विपरित सम्वन्धन दिन लागेको भन्दै डा. केसीले २ गतेभित्र सम्झौता कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । नभए असोज ३ गतेबाट नवौं आमरण अनसन सुरु गर्ने डा. केसीले बताए ।

अब सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री आफैं गम्भीर रहेको भन्दै मन्त्री पौडेलले अब डा. केसी अनसन बस्नु नपर्ने बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget