Websoft University

www.radiomakalu.com || 021-522512


एकीकृत ब्यापार रणनीति तयार, १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता


aduwa-ginger
सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटी लगायतका वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति बनाएको छ ।

वाणिज्य मन्त्रालयले बिहिबार काठमाडौमा उद्योगी व्यवसायी र दातृ निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल व्यापार एकीकृत रणनीति सार्वजनिक गरेको छ ।

रणनीतिमा कृषिजन्य क्षेत्रतर्फ अलैंची, अदुवा, चिया र औषधीजन्य जडिबुटी, औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पश्मिना तथा सेवा क्षेत्रतर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटन गरी १२ वटा क्षेत्रलाई मुख्य प्राथमिकता दिइएको छ ।

वाणिज्य मन्त्रालयले जलविद्युत, कफी, फलफूल र तरकारी, मह, चाउचाउ, उनीका उत्पादन र चाँदीका गहनालाई पनि निर्यातको सम्भावना रहेका वस्तुको सूचीमा राखेको छ । यी वस्तुलाई ६ वर्ष पहिलेको रणनीतिमा पनि निर्यातजन्य वस्तुका रुपमा राखिएको थियो ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले भने निर्यात बढाउनका लागि रणनीति पर्याप्त नरहेको बताएका छन् । उनीहरुलेे विद्युतको अभाव, मजदूरको हड्ताल लगायतका अनेकौं समस्याले गर्दा उत्पादन लागत धेरै भइ नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन रहेकाले निर्यात बढाउन रणनीतिमा समावेश गरिएजस्तो सजिलो नरहेको बताए । उनीहरुले सरकारले सहयोगी भूमिका निर्वाह गरे मात्र निर्यात बढाएर आयात प्रतिस्थापन गर्न सकिने बताए ।

जवाफमा वाणिज्यमन्त्री रोमी गौचन थकालीले औद्योगिक तथा कृषिजन्य वस्तुको उत्पादन लागत कम गर्नका लागि सरकारले उद्योगी र कृषकहरुलाई सक्दो सहयोग गर्ने बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget