Websoft University

www.radiomakalu.com || 021-522512


टेलिकमले गर्‍यो चाडबाडका लागि छुट र बोनसको घोषणा


nepal-telecom
नेपाल टेलिकमले दशैं, तिहार तथा छठका अबसरमा विभिन्न अफरमार्फत सेवाहरुमा छुट प्रदान गर्ने भएको छ । टेलिकमले विभिन्न सेवाहरुमा फरक-फरक छुटको घोषणा गरेको हो ।

डाटा अफर

जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई डाटा अफर प्रदान गरिएको छ । त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


सो अनुसार आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म १०० एमबीको डाटा ५० रूपैयाँमा र २५० एमबीको डाटा १ सय रूपैयाँमा उपलब्ध गराइने छ ।

१०० एमबी डाटाको अवधि ५ दिन सम्म र २५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर

जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराइने छ । सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रूपैयाँमा ५०० एमबी र ८५ रूपैयाँमा १२०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराइने छ ।

भ्वाइस कलमा छुट
जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १.३५ रूपैयाँ र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराइने छ ।

एसएमएस अफर

हाल जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क १ रूपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराइने छ ।

टेलिफोनमा थप सय कल फ्रि

कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा २ सय रूपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रूपैयाँमा थप १ सय लोकल कल उपलब्त्र गराइने छ ।

सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ रूपैयाँमा १०० कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

भ्यालिडिटी थप गर्ने

दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भाेलुम बेस्ड तथा अनलिमिटेड एडीएसएल का ग्राहकहरुलाई समय थप गरिने छ । वाइम्याक्स तथा एफटीटीएच ग्राहकहरुको हकमा डाटा भाेलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने छ ।

सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ ।

यस्जीतै एसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपाेस सिस्टमबाट १०० रूपैयाँ र सो भन्दा माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टल्क बोनस उपलब्ध गराइने छ । यी कुनै महसुल दरहरुमा नेपाल सरकारको नियमानुसार लाग्ने कर समावेश गरिएको छैन ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget