Websoft University

www.radiomakalu.com || 021-522512


३२ वर्षदेखि अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा !!


काठमाडौँ, असोज १३ गते । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल ( कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउनुभयो ।

“कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला रु,” उहाँले भन्नुभयो । उक्त कम्पनीबाट कानुन बमोजिम रु चार हजार जरिवाना असुल गरिएको छ ।

यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिल समेत अनुमतिपत्र नलिई सञ्चालनमा रहेका र ढक तराजु जाँच नगरेको फेला परेको छ । यी तीनवटै कम्पनीको ढक तराजु जफत गराई तीनदिनभित्र कार्यालयमा हाजिर हुन पत्र पठाइएको कार्यालयले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget