Websoft University

www.radiomakalu.com || 021-522512


भारतीय सेनाले ‘सर्जिकल अपरेशन’ को दाबी गरेपछि पाकिस्तानको प्रतिक्रिया

भारत–पाक नियन्त्रण रेखामा भारतीय सेनाले सर्जिकल अप्रेशनको घोषणा गरेपछि पाकिस्तानले सर्जिकल स्ट्राइक नभएको बताएको छ ।
पाकिस्तानी सेनाले भनेको छ ‘सर्जिकल स्ट्राइक होइन ,भारतले सीमापारीबाट फाइरिङ गरेको हो । जसको पाकिस्तानी सेनाले उचित जवाफ दिएको छ । भारत आतंकवादी अड्डामा सर्जिकल स्ट्राइसको कुरा जानिबुझी झुठो तस्वीर बनाउनको लागि लागेको छ । ’
पाकिस्तानी सेनाले यो पनि भनेको छ कि भारत सरकार सीमापारी फाइरिङलाई मिडिया हाइपको माध्यमले सर्जिकल स्ट्राइक्स झै पेश गरीरहेको छ ।
पाकिस्तानी सेनाले भनेको छ, ‘ गोलाबारी राती ढाई बजेबाट सुरु भएर बिहान आठ बजेसम्म जारी रहेको थियो । नियन्त्रण रेखामा पार गरेर नभई भारतको तर्फबाट भिम्बर,हाट स्प्रिङ,केल र लीपा सेक्टरमा फायरिङ भयो । ’
पाकिस्तानी सेनाको तर्फबाट जारी आधिकारीक बयानमा भनिएको छ ‘यदि पाकिस्तानको जमिनमा कोहि सर्जिकल स्ट्राइक्स भएमा त्यसको कडा जवाफ दिइने छ ।’
पाकिस्तानी च्यानल पीटीवीका अनुसार प्रधानमन्त्री नवाज शरीफले भारतको कडा निन्दा गरेका छन् र मारिएका सैनिकहरुलाई श्रद्धान्जली दिएका छन् ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget