Websoft University

www.radiomakalu.com || 021-522512


संविधान कार्यान्वयन पहिलो प्राथमिकताः मन्त्री बुढाथोकी


सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्। संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने भएकाले सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्ने मन्त्री बुढाथोकीले बताए।

संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको छ भन्दै उनले भने–‘स्थानीय निकायको निर्वाचन भएपछि मात्रै स्थानीय तहको विकास निर्माणका कामले पनि गति लिन्छ ।’

एक फरक प्रशङ्गमा मन्त्री बुढाथोकीले कर्मचारी सरुवा र बढुवाका लागि आफूलाई जति नै दबाब आए पनि नियम विपरित कुनै कार्य नगर्ने उल्लेख गरे।

मन्त्री बुढाथोकी नेपाल आदिवासी जनजाति महासङ्घ झापाको विर्तामोडमा हुने अधिवेशनको उद्घाटनका लागि आज झापा आएका हुन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget