Websoft University

www.radiomakalu.com || 021-522512


Euro Preview : इतिहासकै कठीन परिक्षामा वेल्स र ग्यारेथ बेल



समय : नेपाली समयअनुसार मध्यराती १२ः३०

स्थान : लिली, फ्रान्स

काठमाडौं – बेल्जियम र वेल्सबीच युरो २०१६ को प्रतिस्पर्धा हुदाँ ग्यारेथ बेलको टोलीले दबाबरहित ढंगबाट खेल्ने मौका पाउनेछ किनकी पराजित भएको खण्डमा पनि टोलीलाई स्वागत गर्नका लागि फुटबल संघले तयारी सूरु गरिसकेको छ ।

वेल्सले बेलायतकै अर्को टोली उत्तरी आयरल्याण्डलाई हराएर क्वाटरफाइनलको यात्रा गरेको हो । सन् १९५८ पछि ठूला प्रतियोगितामा वेल्सले राम्रो खेलको यो पहिलो अवसर हो । वेल्समा टोलीलाई भव्य सम्मान गर्ने तयारी भइरहदाँ स्टार खेलाडी ग्यारेथ बेलले आफ्नो टोलीले फाइनल यात्रा तय गर्ने बताएका छन् । १० जुलाईमा स्टेडी डि फ्रान्समा युरो–२०१६ को फाइनल खेल आयोजना हुनेछ र विश्वकै सर्वाधिक महङगा फुटबलर बेलले फाइनलसम्म आफू फ्रान्समै रहने बताएका छन् ।

wales-vs-belgium



लिलीमा हुने क्वाटरफाइनलमा वेल्सको तुलनामा बेल्जियमलाई बलियो मानिएको छ । त्यसैले दबाब पनि बेल्जियमकै खेलाडीहरुमाथि पर्नेछ । फिफा विश्व वरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमले अन्तिम १६ मा हंगेरीमाथि ४–० को शान्दार जीत निकाल्दै सेमिफाइनल यात्रा गर्यो । हंगेरी विरुद्धको खेलमा बेल्जियमका सबै स्टार खेलाडीहरु मज्जाले जमे । टोट्टेनह्यामबाट खेल्ने टोबी एल्डरविरेल्ड र चेल्सीबाट खेल्ने इडेन हर्जाडसँगै मिखु बाट्सह्ुयायि र याननिक कारास्कोले पनि गोल गरे । सुरुआती खेलमा इटलीसँग २–० ले पराजित हुदाँ बेल्जियमको आलोचना भएको थियो । तर त्यसपछि गणतन्त्र आयरल्याण्ड र स्वीडेनलाई हराउँदै बेल्जियम प्रतियोगिताको अन्तिम १६ मा आइपुगेको हो ।

वेल्सले अन्तिम १६ को यात्रा गर्ने क्रममा ६ अंक बटुल्दै समूह बीमा शीर्ष स्थानमा कब्जा जमायो । यसक्रममा इङल्याण्डसँग पराजित भएको वेल्सले स्लोभाकिया र रुसलाई हरायो । समूह चरणका तीनवटै खेलमा ग्यारेथ बेलले गोल गरे । उत्तरी आयरल्याण्डले अन्तिम १६ मा आत्मघाती गोल गरेपछि क्वाटरफाइनलका लागि सजिलो बाटो भेट्याएको वेल्स अन्तिम चारमा पुग्नका लागि फेरि बेलकै प्रेरणादायि प्रदर्शनको आशामा छ । बेलबाहेक इंग्ल्याण्डमा जन्मिएका हल रोब्सन कामू, स्वासेना सिटीबाट खेल्ने निल टायलर र आर्सनलका चर्चित खेलाडी आरोन राम्सेले पनि वेल्सबाट युरोकपमा गोल गरिसकेका छन् । तर उनीहरुको तुलनामा बेलको प्रदर्शन निर्णायक हुने अनुमान लगाइएको छ ।

यता बेल्जियम स्टार खेलाडीहरुले भरिएको देश हो । तर इडेन हाजार्ड हंगेरी विरुद्धको खेलमा घाइते भएका कारण उनी वेल्स विरुद्ध खेल्ने अझै पक्का छैन् । भर्खरै अभ्यासमा फर्किएका हाजार्ड वेल्स विरुद्ध उपस्थित हुन नसके बेल्जियमले महगोँ मूल्य चुकाउनुपर्ने हुनसक्छ । उनीबाहेक केभिन डि ब्रूयन बेल्जियमका अर्का प्रभावशाली खेलाडी हन् । त्यस्तै, क्रिष्ट्रियन बेनटेक, याननिक कारास्को, रोमिलू लुकाकू लगायत एक से एक आक्रामक खेलाडीहरु बेल्जियमको अग्रपंक्तीमा छन् । बेल्जियमको डिफेन्स पनि उत्तिकै मजबुत छ । भिसेन्ट कोम्पनी घाइते भएपनि टोबी एल्डरविरेल्ड, थोमस भरमेइलेन, जान भोर्टोनगेन लगायतका खेलाडीको उपस्थितीले बेल्जियमको रक्षापंक्तीलाई बलियो बनाएको छ ।
युरो २०१६ को छनोटमा यि दुई टोलीबीच प्रतिस्पर्धा हुदाँ पहिलो लेगमा ब्रसेल्समा दुबै टोली गोलरहित बराबरीमा रोकिएका थिए । तर वेल्सको घरेलु मैदान कार्डिफमा ग्यारेथ बेलले नै गोल गरेर १–० को जीत निकाले । त्यसयता, वेल्सको टोलीले निरन्तर रुपमा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बेल भन्छन् –‘हामीले सधैँ बेल्जियम विरुद्ध उत्कृष्ट खेल्दै आएका छौँ र हामीलाई यो पनि थाहा छ कि उनीहरु निकै उत्कृष्ट टोली हुन् । फुटबल मैदानभित्र कोही बलियो र कोही कमजोर हुदैँन । त्यहाँ केवल दुई टोली हुन्छन् । त्यसैले हामी शिर ठाडो पारेर खेल्न चाहन्छौ ।’

वेल्सले बेल्जियम विरुद्ध खेल्दा ३–५–२ को रणनिति अबलम्बन गर्नेछ । जारी प्रतियोगितामा सबैभन्दा उत्कृष्ट रहेको इटलीले यही रणनिति प्रयोग गरेर बेल्जियमलाई हराएको थियो । वेल्सले इटली र बेल्जियमबीचको त्यही खेललाई हेरेर आफ्नो रणनीति तय गर्दैछ । यस रणनीति अनुसार ५ जनाले रक्षापंक्तीमा खेल्नेछन् भने आवश्यकता पर्दा ५ जनासम्म काउन्टर एट्याकमा उत्रन सक्छन् । बेल्जियमले इटली विरुद्धको खेलमा अधिकांश समय बललाई नियन्त्रणमा राखेपनि युभेन्टस्बाट खेल्ने तीन डिफेन्डर जर्जियो चिल्लीनी, लियोनार्दो बोनुकी र आन्द्रेइ बारजाग्लीका कारण गोल गर्न सकेन । एन्टोनियो क्याडरेभा र माथियो डर्माइनले विङस्बाट बेल्जियमका खेलाडीहरुलाई घेरेका थिए । बल पाउना साथ इटलीका खेलाडीहरुले लामो पास खेल्दै सिधैँ बेल्जियमको गोलपोस्टमा धावा बोले र अन्तत २–० को जीत निकाले । बेल्जियमका खेलाडीको तुलनामा इटलीका खेलाडीहरु मैदानमा धेरै दौडिएका थिए । बेल्जियम विरुद्ध यही रणनिति अख्तियार गर्ने निर्णय वेल्सका प्रशिक्षक क्रिस कोलम्यानले लिएका छन् ।

यस रणनीति अनुसार टायलर र गुन्टेरले बेलसँग महत्वपूर्ण भूमिका खेल्नेछन् । प्रतियोगितामा टायलर र गुन्टेरको प्रदर्शन महत्वपूर्ण रहदैँ आएको छ । वेल्सलाई लिलीमा शनिबार बिहान हुने खेल आफ्नो आफ्नो फुटबल इतिहासकै सबैभन्दा कठीन परिक्षा हुने राम्रोसँग थाहा छ । त्यसैले गुन्टरले यस खेलमा आफ्नो टोलीले अनुशासन र संयमतालाई महत्व दिएको बताएका छन् । प्रशिक्षक कोलम्याच भन्छन्–‘हामीले गुमाउनु केही छैन् । त्यसैले रणनीति बनाएर खेल्छौँ । कठीन परिक्षामा हामी कसरी उत्रन्छौँ भन्ने सारा विश्वले हेरेको छ ।’

हेर्नलायक खेलाडी : केभिन डि ब्रुयन, बेल्जियम
kevin de bruyne

२५ वर्षका केभिड डि ब्रुयन इंलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेल्छन् । उनी वर्तमान समय विश्वकै उत्कृष्ट प्लेमेकरमध्ये एक मानिन्छन् । लामो दूरीबाट पास दिने र लामो सट खेल्ने खुबीका कारण ब्रुयन कुनै पनि समय विपक्षी गोलकिपरका लागि टाउको दुखाई बन्न सक्छन् । सन् २०१२ मा चेल्सीमा आबद्ध भएपनि उनको प्रतिभालाई तत्कालिन प्रशिक्षक जोसे माउरिन्होल चिन्न सकेनन् । त्यसपछि उनी जर्मन क्लब वर्डर ब्रेमनमा ऋणमा आबद्ध भए । जर्मनीकै भिएफएल उल्भ्स्वर्गमा आबद्ध भएपछि २०१५ मा उनी जर्मन लिगकै उत्कृष्ट फुटबलर घोषित भए । त्यसयता, ५५ मिलियन पाउन्डमा म्यानचेस्टर सिटीमा आबद्ध भएका ब्रुयनले गत सिजन २५ खेल खेल्दै ७ गोल गरे । जारी प्रतियोगितामा ब्रुयन सबैभन्दा धेरै चलेका खेलाडी हुन् । बेल्जियमबाट ४३ खेलमा १२ गोल गरेका ब्रुयनले जारी प्रतियोगितामा गोल गर्न भने बाँकी छ । यस प्रतियोगितामा हंगेरी विरुद्ध बेल्जियमले ४–० को जीत हासिल गर्दा इडेन हाजार्डसँगै ब्रुयनको प्रदर्शन उत्कृष्ट थियो ।- रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget