Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा केन्द्रीय समिति बैठक साउन ११ मा

 



काठमाडौँ, साउन ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक यही साउन ११ गते यहाँ बस्ने भएको छ ।

बैठकले राप्रपा नेपालसँग पार्टी एकीकरणका विषयमा महत्वपूर्ण निर्णय गर्ने तथा एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिका लगायत विषयमा छलफल गर्ने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

बैठकले मुलुकमा अहिले विकसित भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा समेत छलफल गर्नेछ ।
दुवै पार्टीले मुलुकमा हिन्दू धर्म कायम गर्ने सैद्धान्तिक समझदारी कायम गरेपछि एकीकरणको प्रक्रिया अगाडि बढेको हो । एकीकरणपछि हुने पहिलो महाधिवेशनले गणतन्त्र तथा सङ्घीयताका विषयमा गर्ने निर्णय नयाँ पार्टीले आधिकारिक रुपमा स्विकार्ने र त्यसलाई अगाडि बढाउने छन् ।

पार्टी एकीकरणका लागि सो पार्टीबाट महामन्त्री बुद्धिमान तामाङ तथा राप्रपा नेपालबाट उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा कार्यदल गठन गरी विभिन्न समयमा छलफल भइसकेको छ । पछिल्लो समय दुवै पार्टीका अध्यक्षका बीच अनौपचारिक छलफलमा अब चाँडो एकीकरण गर्ने समझदारी भएको थियो ।

राप्रपा नेपालले पनि सोही दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget