Websoft University

www.radiomakalu.com || 021-522512


रुपन्देहीमा सवा अर्ब रकम फ्रिज


 

लुम्बिनी, साउन ३ गते । रुपन्देहीका विकासे अड्डाले समयमै काम गर्न नसक्दा आव २०७२- ७३ मा रु सवा अर्ब बढी रकम फ्रिज गएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार रुपन्देहीमा रु एक अर्ब २७ करोड ९२ लाख १२ हजार ७६९ बजेट फ्रिज गएको हो । तर, राजस्व सङ्कलन भने १२६ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।

पुँजीगततर्फ ठूलाठूला विकासे अड्डाले समयमै बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका कोष नियन्त्रक झवीन्द्र खनालले जानकारी दिनुभयो । रुपन्देहीमा फ्रिज भएको बजेट समग्र बजेटको १२ प्रतिशत भएको कोलेनिकाले जनाएको छ ।

गत आव ०७१ - ७२मा रुपन्देहीमा १० प्रतिशत बजेट फ्रिज भएको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका अनुसार कुल बजेट रु १० अर्ब ८१ करोड ६० लाख ६४ हजार ५६४ रहेकामा रु नौ अर्ब ५३ करोड ६८ लाख ५१ हजार ७९५ खर्च भएको छ ।

खर्च भएको बजेट कुल बजेटको ८८ प्रतिशत रकम हो । आव २०७२÷७३ मा पुँजीगततर्फ ३८ प्रतिशत बजेट विनियोजन गरिएको थियो । जसमा रु चार अर्ब १३ करोड ६२ लाख ७२ हजार ८४६ विनियोजन भएकामा रु तीन अर्ब ४४ करोड ७८ लाख ९८ हजार ९५० खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका कोष नियन्त्रक खनालले बताउनुभयो ।

यो पुँजीगत बजेटको ८३ प्रतिशत खर्च हो । त्यसैगरी चालुतर्फ कुल बजेटको ६२ प्रतिशत बजेट विनियोजन गरिएको थियो । त्यसमा ९१ प्रतिशत रकम खर्च भएको छ । चालुतर्फ रु छ अर्ब ६७ करोड ९७ लाख ९१ हजार ७१८ बजेट विनियोजन भएकामा रु छ अर्ब आठ करोड ९१ लाख ५२ हजार ८४४ खर्च भएको कोष नियन्त्रक खनालले बताउनुभयो ।

गत आव २०७१ - ७२ मा रुपन्देहीमा समग्र बजेटको ९० प्रतिशत बजेट खर्च भएको थियो । त्यसमा चालुतर्फ ९३ प्रतिशत बजेट खर्च भएको थियो भने पुँजीगत बजेट ८४ प्रतिशत रकम खर्च भएको थियो । गत आव २०७१ - ७२ मा कुल बजेट रु आठ अर्ब ८० करोड ४७ लाख विनियोजन भएकामा ९० प्रतिशत अर्थात् रु सात अर्ब ९१ करोड ३५ लाख खर्च भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget