Websoft University

www.radiomakalu.com || 021-522512


पाँचथरमा खुकुरी प्रहारबाट एकको हत्या, दुई घाइते



ताप्लेजुङ,साउन ४ गते । पाँचथरको फिदीम २ मा आज विहान खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम २ का ५० बर्षीय देवराज लिम्बु छन् । छिमेकी जय तुम्बाफोको घरमा किरियापुत्री रुङ्न बसेका स्थानीय १९ वर्षका कुन्दन भन्ने मनोज तुम्बाहाम्फे र देवराज लिम्बुबीच वादविवाद भएको थियो । विवाद साम्य भएपछि घरतर्फ लागेका देवराजलाई मनोजले पिछा गर्नै घरमै गएर खुकुरी हानेको प्रहरीले जनाएको छ ।

राती १ बजे घरमै पुगेर मनोजले देवराजमाथी अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका उनकी २६ बर्षीया छोरी सावित्रा लिम्बु र १९ वर्षका छोरा आइन्द्र लिम्बुसमेत घाइते भएका छन ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका तीनै जनलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लैजानेक्रममा बाबु देवराजको बाटैमा मृत्यु भएको हो ।

घाइते दिदी भाइको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि धरान घोपा पठाइएको छ । खुकुरी प्रहार गर्ने मनोज तुम्बाहाम्फे फरार रहेकाले खोजी भइरहेको पाँचथरका प्रहरी प्रमुख कृष्ण कोइरालाले बताए ।-रविन भट्टराई, अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget