Websoft University

www.radiomakalu.com || 021-522512


मिसेल ओबामाको भाषण मेलानियाले चोरेको आरोप



डोनाल्ड ट्रम्पकी श्रीमती मेलानियामाथि फस्र्ट लेडी मिसेल ओबामाको भाषण चोरेको आरोप लागेको छ ।

रिपब्लिकन राष्ट्रिय अधिवेसनको पहिलो दिनमा मेलानियाको भाषणका केही अंश मिसेल ओबामाले सन् २००८ को अधिवेसनमा दिएका भाषणसँग ठ्याक्कै मेल खाने टिप्पणीकारहरुले बताएका छन् ।



उक्त भाषणमा मेलानियाले आफ्नो श्रीमानलाई ‘देशको लागि लड्ने’ एक ‘दयालु’ मानिस भनी तारिफसमेत गरेकी छिन् । उनको यो अभियानका लागि पहिलो भाषण थियो र यसका लागि उनले भाषण लेख्ने समूहबाट सहयोग लिएको स्रोतले बताएको छ ।

उनको भाषणको एउटा अंशमा मेलानियाले भनेकी छिन्, ‘मेरा अभिभावकको ‘आफूले जे चाहन्छौं त्यसको लागि कडा मेहनत गर र तिम्रो शब्द नै तिम्रो बन्धन हो र तिमिले जे भन्छौ त्यही गर्छौ, मानिसहरुलाई सम्मानका साथ व्यवहार गर्छु भन्ने कसमलाई निभाउ’ भन्ने मान्यताले मलाई जहिले पनि प्रभाव पारेको छ । ’

मिसेल ओबामाले सन् २००८ मा गरेको भाषणमा पनि त्यहि लाइन छन्, ‘र म र बाराक उस्तै मूल्य मान्यतामा हुर्किएका हौं । जस्तै तिमीले जे चाहन्छौ त्यसका लागि कडा मेहनत गर । तपाईंको शब्द नै तपाईंको बन्धन हो । तपाईंले जे गर्दै हुनुहुन्छ त्यही भन्नुहुन्छ । नचिनेका र सहमत नगर्ने मानिसहरुलाई पनि तपाईंले सम्मानका साथ व्यवहार गर्नुहुन्छ ।’

स्लोभेनियामा जन्मिएकी पूर्व मोडलले आफ्ना श्रीमानलाई कठोर तर दयालु मानिस भनेकी छिन् । ‘आवश्यक पर्दा उनी कडा पनि हुने गर्दछन् तर उनी दयालु र निष्पक्ष छन्,’ उनी भन्छिन् ‘उनी कति दयालु छन् भन्ने कुरा सधैं देखिन्न तर उनी साँच्चैको दयालु छन् । यही कारणले नै मैले उनलाई मन पराएको हुँ ।’-एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget