Websoft University

www.radiomakalu.com || 021-522512


पोखरा र सोलुखुम्बुमा बढी मुद्दा फैसला

Court

पोखरा, साउन ४ गते । कास्की जिल्ला अदालतले आव २०७२/७३ मा लक्ष्यभन्दा बढी मुद्दाको फैसला गरेको छ ।
सो आवमा ६० प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिइएकामा ६९.६७ प्रतिशत मुद्दा फैसला गरिएको अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालले जानकारी दिए ।सो अवधिमा मुलुकभरमै सबैभन्दा बढी एक हजार ६९ मुद्दाको फैसला गरेको न्यायाधीश नरेश्वर भण्डारीको दाबी छ ।



सो आवमा तीन हजार ४५१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षका एक हजार ४ मुद्दा सरेर आएका छन् । कुल चार हजार ४५५ मुद्दामध्ये तीन १०४ थान मुद्दाको फैसला गरिएको हो । फैसला हुन बाँकी कुल एक हजार ३५१ वटा मुद्दा चालु आवमा सरेका छन् ।

अदालतले न्यायिक दस्तुरबापत सो अवधिमा रु दुई करोड ८४ लाख १६ हजार ४६ राजस्व सङ्कलन गरेको छ ।

सोलुखुम्बुमा सोह्र वर्षयता सबैभन्दा बढी मुद्दा फैसला


यसैबीच सोलुखुम्बु जिल्ला अदालतले १६ वर्षयता सबैभन्दा बढी मुद्दा फैसला गरेको छ ।

आव २०७२/७३ को प्रगति विवरण आज सार्वजनिक गर्दै अदालतले सो अवधिमा सबैभन्दा बढी एक सय ५१ मुद्दा फैसला गरेको जनाएको छ । आव २०५६/५७ मा २५६ थान मुद्दाको फैसला गरेको अदालतले त्यसयता यस वर्ष मात्र बढी मुद्दा फैसला गरेको जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

यस्तै आव २०७२/७३ मा कैद भुक्तानीतर्फ ५५२ वर्ष ११ महिना २६ दिन फर्छ्यौट भएको छ । अब ५३१ वर्ष १० महिना २७ दिन असुल हुन बाँकी रहेको जनाइएको छ । यस्तै आव २०७२/७३ मा रु १८ लाख १५ हजार ४४६ जरिवाना असुल भएको तथा रु एक करोड १७ लाख ३९ हजार ४३ जरिवाना असुल गर्न बाँकी छ ।

अदालतले ५६ जनाबाट कैद, ६५ जनाबाट जरिवाना र १५६ जनाबाट कैद र जरिवाना दुवै असुल गर्न बाँकी रहेको जिल्ला न्यायाधीश अधिकारीले जानकारी दिए।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget