Websoft University

www.radiomakalu.com || 021-522512


उपेन्द्रको प्रश्न : खिलराज कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए ?


  

काठमाडौं, साउन ४ गते । संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाइएको जसरी नयाँ सरकार गठन गर्न सकिने बताएका छन् ।

मंलगबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘अहिलेको समस्या संवैधानिक होइन, यो राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ, खिलराज रेग्मी संविधानको कुन धारा अनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त ?’ उनले वर्तमान संविधान प्रयोग गर्न लायकको नभएको दाबी गरे । उनले थपे,‘के को २९८ धारा ?, यो संविधान प्राक्टिस गर्न लायकै छैन ।’


यादवले भने,‘ओलीले राजिनामा नदिएर लफ्डा गरे उनी पनि डुब्छन् अनि पार्टी पनि भड्खालोमा जान्छ, त्यो बाटोमा जानुभन्दा राजिनामा दिए राम्रो हुन्छ ।’

प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भएपनि नयाँ सरकार तत्काल बन्नै नसक्ने दाबी गरिरहेका छन् नि त भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो र, जनताले चाह्यो भने जेपनि हुन्छ, देश र जनता नै ठूलो हो ।’

संविधान नै अस्पष्ट भएको उल्लेख गर्दै उनले भने, ‘अहिलेको संविधानले संविधान जारी भएको ७ दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था गरेको छ, फेरि ०७४ माघ ७ सम्म सरकार रहिरहनेछ भनेको छ, त्यतिमात्रै होईन अर्को निर्वाचन नभएसम्म अर्को सरकारको समेत कल्पना गरेको छैन, त्यसैले यो संविधान पूर्ण अस्पष्ट छ ।’ उनले वर्तमान संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्न सक्ने समेत औंल्याए ।

उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफुहरु सहभागी नहुने दाबी गरे । उनले भने, ‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैनौं, सरकारमा जान हामी लालायित छैनौं ।’ यद्यपी उनले सरकारलाई राजनीतिक रुपमा वर्तमान समस्याको हल गर्ने कुरामा, मुलुकको आर्थिक विकासमा टेवा पु¥याउन र मुलुकको पूर्ननिर्माणमा पूर्ण रुपले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यद्यपि उनले अनाहकमा मुलुकलाई अस्थिरताको भूमरीमा फसाएर दक्षिण एशियाकै प्लेग्राउण्ड बनाउने काम कसैल गर्न नहुनेतर्फ ध्यानाकार्षण गराए ।

यादवले अब बन्न लागेको सरकारको नेतृत्व गर्नेहरु म्याद गुज्रिएको औषधी जस्तै भएको टिप्पणी गरे । उनले भने, ‘यी नेताहरुको परिक्षण भैसकेको छ, यिनीहरुले अबसर पाएर पनि केही गर्न सकेनन् ।’

ओली सरकार राष्ट्रवादी भएकै कारण ढाल्न लागिएको भन्ने चर्चाको खण्डन गर्दै भने,‘‘राष्ट्रियता भन्ने कुरा उखान टुक्का र भाषणले हुने होईन, यो त देश र जनताको हितमा काम गर्नु हो, राष्ट्रिय स्वार्थमा काम गर्नु हो ।’’ यादवले ओली राष्ट्रवादी नभएर नश्लवादी नेता बनेको आरोप लगाए ।-रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget