Websoft University

www.radiomakalu.com || 021-522512


कमल थापाको विद्रोही पार्टी चन्द राप्रपामा विलय



काठमाडौं,साउन ११ गते ।राप्रपा नेपालका अध्यक्ष कमल थापासँग विद्रोह गरेर बनेको राप्रपा नेपाल समानँन्तर पार्टी लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपामा विलिन भएको छ ।



सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकता भएको राप्रपा नेपाल समाानान्तरका युवा नेता सगुन लावतीले रातोपाटीलाई जानकारी दिए ।

घोषणासभालाई सम्बोधन गर्दै, राप्रपाका अध्यक्ष लोकेन्द्र बहादुर चन्दले एकीकरणबाट राष्ट्र, देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विचार व्यक्त गरे ।

घोषणा सभालाई सम्बोधन गर्दै राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले एक जुट भएर प्रतिष्पर्धाको राजनीतिमा विचार र सिद्धान्तलाई जनतामाझ स्थापित गराउने लक्ष्य साकार पार्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर बीच सम्पन्न एकताको सन्दर्भमा जारी प्रेस विज्ञप्ति यस्तो छ

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवं प्रजातन्त्रको सम्वद्र्धन, प्रवद्र्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी शक्तिहरु बीचको एकता अपरिहार्य राष्ट्रिय आवश्यकता भएको विदितै छ । यही यथार्थ र समयको मागलाई हृदयंगम गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर बीच एकीकरण गर्ने निर्णय भएको छ ।

२०४६ को परिवर्तन सँगै नेपालमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता भए अनुरुप जारी गरिएको अभियानको निरन्तरतामा राष्ट्रियता, प्रजातन्त्र, उदारवादका वैचारिक आधारस्तम्भमा एकीकृत पार्टी कटीवद्ध रहनेछ । नेपाली समाज इतिहासको महत्वपूर्ण कालखण्डमा अघि बढीरहेको छ । विविध विचारको अन्तरघूलन, नियन्त्रण र सन्तुलन नै प्रजातन्त्रको सौन्दर्य भए बमोजिम प्रजातान्त्रिक, राष्ट्रवादी शक्तिहरुको बृहत एकता आजको आवश्यकता भएको हो ।

आम जनता, शुभेच्छुक तथा कार्यकर्तापंक्तिको चाहना अनुकूल आज हामी महत्वपूर्ण चरणमा प्रवेश गर्दैछौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर बीचको एकीकरण यसै सकारात्मक विकासक्रमको घोतक हो । नेपाली राष्ट्रिय क्षितिजमा अहिले अन्योल र अस्पष्टता विद्यमान छ, यद्यपि हामीबीच प्रचुर संभावनाहरु पनि कायम छन् । यिनै धरातलीय यथार्थका आधारमा नेपाली प्रजातन्त्र तथा नेपाली समाजको विकासक्रमलाई सही दिशामा अभ्यस्त गर्न गराउन प्रजातान्त्रिक सम्वद्र्धनवादी शक्तिको अग्रणी भूमिका अपरिहार्य बन्न पुगेको हो ।

यही राष्ट्रिय आवश्यकता मध्यनजर गर्दै बहृत राष्ट्रवादी एकता प्रतिको हाम्रो आह्वानको निरन्तरतामा राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तर बीच एकता सम्पन्न भएको छ । यसैगरी एकीकृत रुपमा अघि बढ्ने क्रममा, राष्ट्रिय महत्वका विषय एवं दुवै पार्टीका सैद्धान्तिक धरोहर आत्मसात गरेर महाधिवेशनमा वैचारिक बहस र निर्णय गर्नका लागि मार्ग प्रशस्त गर्ने निर्णय समेत गरिएको जानकारी गराउदछौं ।- रतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget