Websoft University

www.radiomakalu.com || 021-522512


हिजो के गरे तेह्रथुमका स्थानीय विकास अधिकारी कार्कीले ?



हिजो साँझ तराईतिरको लामो यात्रामा भएकाले ढिलो सुतेको थिएँ । त्यसैले करिब सात बजे मात्र उठेँ र नुवाइधुवाइ गरेँ । सदाझैँ मर्निङवाक गएँ र फर्केपछि रातोपाटीमा प्रकाशित असार ३ गतेको धनकुटाका एलडीओ गणेश दहालको बारेमा प्रकाशित सामग्री पनि हेरेँ । प्राप्त भएका अन्य पत्रपत्रिकाहरू पनि हेरें । चिया नास्ता गरेँ ।
ldo terathum parlad kumar karki


जिल्ला सदरमुकाम म्याङ्लुङमा रहेको नेपाली सेनाको इन्द्रदल दल गुल्म रहेको छ । त्यसको स्तरोन्नति भएर गणमा परिणत हुँदैछ । त्यसका लागि केही जग्गा खरिद गरेर एरिया बढाउनुपर्ने भएकाले त्यो विषयमा बिहान ८ बजे सीडीओसाबको अध्यक्षतामा बैठक बस्यौ । बैठकले जग्गा खरिद गर्ने र त्यसका लागि नजिकै रहेको जग्गालाई पहिलो प्राथमिकता दिने विषयबारे निष्कर्ष निकाल्यो । त्यो बैठक बिहान ९ः३० बजे सकियो ।

त्यहाँबाट क्वाटरमा फर्किएर खाना खाएँ र ठीक १० बजे कार्यालयमा पुगेँ । भर्खरै आर्थिक
वर्ष सकिएको छ तर हामीले वार्षिक रूपमा गर्ने भनी तय गरेका कार्र्यक्रमहरू के कस्ता भए ? त्यसबाट स्थानीय जनता के कति प्रभावकारी भए ? योजनाको प्रगति अवस्थाबारे समीक्षा बैठक भयो । साथै उक्त बैठकले आज के के काम गर्ने भनेर दिनभरिको कार्ययोजनासमेत तयार ग¥यो । करिब १०ः४५ मा त्यो बैठक सकियो ।

११ बजे स्थानीय निकायको पुनर्संरचना प्राविधिक सहयोग समितिको बैठक राखिएको थियो । पुनर्संरचना आयोगले हामीलाई दिएको सर्त र निर्देशन अनुसार जिल्लालाई ५ वटा तहमा राखेर स्थानीय निकायको पुनर्संरचना गर्नुपर्ने छ । कुल एक लाख जनसंख्या भएको हाम्रो जिल्ला पहाडमा पर्ने भएकाले पुनर्संरचना आयोगको नीति तथा सर्तअनुसार बढीमा १ नगरपालिका र ४ वटा गाउपालिका बनाउन सकिने देखिन्छ ।

आयोगले पहाडी जिल्लामा नगरपालिका हुनका लागि ३५ हजार र गाउँपालिकाका लागि २५ हजार जनसंख्या हनुपर्ने सर्त राखेको छ । आयोगले यही श्रावणको अन्त्यसम्म पुनर्संरचनाका लागि व्यापक छलफल गरेर संख्या र सीमाङ्कनसहित किटान गरी प्रस्ताव बुझाउन अनुरोध गरिसकेको छ । यस विषयमा राजनीतिक दल, नागरिक समाज, समाजका विज्ञहरू र संघ सस्थाहरूलाई समेत राखेर परामर्श गोष्ठी आयोजना गर्ने सोच बनाएका छौं ।

त्यो गोष्ठीमा कुन कुन क्षेत्रलाई जोडेर गाउँपालिका र नगरपालिका बनाउने भन्ने विषयमा अन्तिम निष्कर्ष निकालेपछि हामी त्यही प्रतिवेदनलाई पास गरेर आयोगमा बुझाउने छौं । आजको हाम्रो बैठकमा राजनीतिक दलहरूको अन्तरिक छलफल र गोष्ठीको तयारीका सन्दर्भमा पनि केही निर्णयहरू भए । साझँ ४ बजेसम्म बसेको बैठकले आउँदो हप्ताको सोमबारसम्म परामर्श गोष्ठी गर्ने र त्यसको तयारीमा भोलिदेखि नै लाग्ने निणय पनि गरेको छ ।

एसएलसीमा डी र ई ग्रेड ल्याएका विद्यार्थीहरूलाई मौकापरीक्षा जस्तै–स्तरीकरण परीक्षा यही १४ गतेबाट हुँदैछ । त्यसको अनुगमन, व्यावस्थापन र सुरक्षाको विषयमा छलफल गर्नका लागि साझँ ५ बजे अनुगमन समितिको बैठक डाकिएको हुनाले म त्यहाँ गएँ । सीडीओ साबको अध्यक्षतामा बसेको बैठकमा एलडीओ, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख, सेना प्रमुख, जिल्ला शिक्षा अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा करिब ३५० जनाले परीक्षा दिँदै हुनुहुन्छ, बैठकले परीक्षा केन्द्र तोक्ने निर्णय ग¥यो र सदरमुकाममा रहेको सिंह वाहिनी उच्च माविलाई परीक्षा केन्द्रका लागि पास गरेका छौँ र त्यही विद्यालयका प्रधान अध्यापकज्यूलाई हामीले परीक्षा केन्द्र अध्यक्ष तोकेका छौँ । बैठक साँझ ६ बजेतिर सकियो र म त्यहाँबाट क्वाटरमा फर्किए ।
म यहाँ आएको करिब २ वर्ष भयो । योबीचमा मैले सकेजति विकास निर्माणका काममा सहायता गर्दै आएको छु । यस वर्ष हामीले ९४ प्रतिशत वित्तीय र ९१ प्रतिशत भौतिक प्रगति गरेका छौँ । जिल्लामा एसएनआरडीपी प्रोजेक्टले ४÷५ वटा र उन्नति समावेशी कार्यक्रमले ५ वटा ठूलो लगानीमा बाटो बनाउँदै छ ।

उन्नति प्रोजेक्टका दुईवटा योजनाहरू सञ्चालनमा रहेका छन् । धनकुटाको सिँधुवा र तेह्रथुमको शुक्रबारे बजार जोड्ने करिब १९ किमि सडक खण्डको निर्माणका लागि ६ करोडमा ठेक्का भइसकेको छ । त्यसैगरी तेह्रथुमको चित्रे बजारबाट फुलेक गाविस जोड्ने करिब १७ किमि सडक खण्डको निर्माणका लागि साढे पाँच करोडमा ठेक्का भएको छ । जिल्लाका सबै गाविसहरूमा मोटर बाटो पुगेको छ । तथापि हामीले मोटरबाटोलाई स्तरीय बनाउने कोसिस गरेका छौँ ।

(तेह्रथुमका स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्कीको २०७३ साउन १० गतेको दैनिकी । रातोपाटीको ‘हिजो मात्रै’ स्तम्भका लागि साउन १० गते साँझ लोकराज जैसीसँगको टेलिफोन वार्तामा उनले आफ्नो दैनीकी बताएका हुन् । खुला प्रतिस्पर्धाबाट २०५६ सालमा शाखा अधिकृत हुँदै निजामती सेवामा प्रवेश गरका कार्की २०६९ मा फाइल बढुवाबाट उपसचिव भएका हुन् । उनी सप्तरीको तिप्रापश्चिम गाविस वाडा न २, सुशुबारी बजारका स्थायी बासिन्दा हुन् ।)
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget