Websoft University

www.radiomakalu.com || 021-522512


आजै बाधा अड्काउ फुकाउने आदेश अनुमोदन हुँदै


काठमाडौँ, साउन ११ गते । व्यवस्थापिका संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट सदनलाई प्राप्त पत्रको बेहोरा वाचन गरी सुनाउनुभयो ।

राष्ट्रपति कार्यालयबाट जारी सो पत्र संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउनेसम्बन्धी थियो ।

यसैगरी आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले संविधानको धारा ३०५ बमोजिम राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश सदन समक्ष पेस गर्नुभयो ।

सो आदेशलाई आज छलफल गरी अनुमोदन गर्ने कार्यक्रम छ । सदनको बैठक आधा घन्टाका लागि स्थगन भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget