Websoft University

www.radiomakalu.com || 021-522512


बाराही मन्दिरको जीर्णोद्वार सुरु






बाबियाचौर (म्याग्दी), साउन २ गते । म्याग्दीको राम्चे गाविस–२ मा रहेको प्रसिद्ध धार्मिकस्थल नांगी बाराही मन्दिरको जीर्णोद्वार सुरु भएको छ ।


स्थानीय बासिन्दाको सक्रियतामा २०० वर्षभन्दा पुरानो मन्दिरको जीर्णोद्वार गर्न लागिएको हो । स्थानीय बासिन्दा, र विदेशमा रहेका नांगीवासीबाट चन्दा सङ्कलन गरेर मन्दिर पुनःनिर्माण गर्न लागिएको नांगीबाराही संरक्षण समितिका कर्णबहादुर खोरजाले बताउनुभयो ।

उहाँका अनुसार मन्दिर पुनःनिर्माणका लागि रु १६ लाख लगानी हुने अनुमान गरिएको छ । मन्दिर जीर्ण हुँदा पूजाआजा र भक्तजनलाई असहज भएको थियो । गाउँमा प्रतिघर रु पाँच हजारदेखि १० हजारका दरले चन्दा सङ्कलन गरिएको छ । यसैगरी विदेशमा रहेका नांगीवासीलाई पनि सहयोगको अपिल गरिएको खोरजाले बताउनुभयो ।

साउन महिनाभित्र मन्दिर जीर्णोद्वार गरिसक्ने लक्ष्यसहित काम भइरहेको छ । मन्दिरमा महिला, पुरुष र बली चढाउनेका लागि तीन वटा छुट्टाछुट्टै ढोका बनाउन लागिएको छ ।

नांगी बाराहीमा जनैपूर्णिमाका दिन विशेष पूजाआज हुने र मेला लाग्ने गर्छ । अन्य समय पनि भक्तजन आउने गरेका छन् । मनोकांक्षा पूरा हुने जनविश्वासका साथ नांगी बाराहीमा बर माग्ने र पूरा भएमा भाकल गर्ने चलन रहेको छ ।

म्याग्दीका विभिन्न ठाउँका साथै काठमाडौँ, पोखरा, भैरहवालगायतका सहरबाट पनि भक्तजन नांगी बाराहीको दर्शन गर्न आउने गरेका स्थानीय अगुवा लक्ष्मण गर्बुजाले बताउनुभयो । मन्दिर जीर्णोद्वारसँगै नांगीबाराही तालको संरक्षणका लागि पनि पहल गरिएको छ । अन्य बेलामा सुक्ने ताल जनैपूर्णिमाको समयमा भरिभराउ हुने गर्छ । मन्दिर पुनःनिर्माणपछि पदमार्ग निर्माण गर्ने योजना रहेको गर्बुजाले बताउनुभयो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget