Websoft University

www.radiomakalu.com || 021-522512


मुस्ताङका कृषकलाई ३३ हजार स्याउका बिरुवा वितरण






(म्याग्दी), साउन २ गते । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ ।


आव २०७२÷७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषक समूहमार्फत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङको लेते र कुञ्ज गाविसबाहेक अन्य सबै गाविसमा स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसमा स्याउको उत्पादन राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा स्याउको नर्सरी स्थापना गरिएको छ भने घमी, घिलिङ, छोसेरलगायतका स्थानमा स्याउ उत्पादन हुँदै आएको छ । गतवर्ष मात्रै मुस्ताङमा पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत बरालको भनाइ छ ।

त्यस्तै कार्यालयले ५० प्रतिशत अनुदानमा खाद्य तथा बीउबिजन वितरण, मागमा आधारित हाते ट्याक्टर, रिफर, जुसरको वितरण, स्याउ र ओखरको बीउ वितरण गरेको बताएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget