Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गर्यो, दक्षिण कोरियाको निन्दा

Image result for korea

सोल, साउन ४ गते । उत्तर कोरियाले मङ्गलबार बिहानै तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको जानकारी प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिनेगरी मङ्गलबार पुनः यो परीक्षण गरेको हो ।
उसले मङ्गलबार बिहान तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । ती मध्ये दुई वटा कम्तीमा पनि ५०० देखि ६०० किलोमीटरसम्म मारहान्ने शक्तिका रहेका थिए ।

त्यस्तै अर्काे एउटा क्षेप्यास्त्रका बारेमा भने केही पनि बताइएको छैन । त्यस विषयमा अनुसन्धान जारी रहेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले सोमबार मात्र सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको जानकारी दिएका थिए ।

दक्षिणले पाएको सूचना बमोजिम नै उसले मङ्गलबार एकै पटक तीनवटा क्षेप्यास्त्र हानेको हो । छोटो दुरीका ती क्षेप्यास्त्र परीक्षणका बारेमा उत्तरले भने केही बताएको छैन ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता जियोन जुङ हीले उत्तरले अर्काे क्षेप्यास्त्र परीक्षण गर्न लागेको थाहा भएको जानकारी दिनुभएको थियो ।


त्यसैगरी गएको आइतबार मात्र पनि जापानी सरकारी समाचार समिति, क्योडोले उत्तर कोरियाका केही सङ्कास्पद क्रियाकलापहरु सूचनामा आएकोले उसले अर्काे परीक्षणको तयारी गरेको बुझिएको समाचारमा जनाएको थियो ।

उक्त परीक्षणपछि दक्षिण कोरियाले मङ्गलबार गरेको पत्रकार सम्मेलनका क्रममा रक्षा मन्त्रालयका एकजना अधिकारीले सो घटनाको विरोध र निन्दा पनि गर्नुभयो ।

उहाँले उत्तर कोरियाले जारी राखेका यी क्षेप्यास्त्र परीक्षणका अभियानहरु अरु केही नभएर दक्षिण कोरियाको राष्ट्रिय सुरक्षालाई धम्की दिनका लागि गरिएको हो भन्नुभयो ।

तर यस्ता उत्तेजक क्रियाकलापबाट दक्षिण कोरिया कहिल्यै पनि नतर्सिने जानकारी पनि दिनुभयो ।

उत्तर कोरियाको उत्तरी हावागेई प्रान्तमा ती परीक्षण गरिएको बताइएको छ । मङ्गलबार बिहान ५ः४५ र ६ः४० बजे ती क्षेप्यास्त्र उत्तर कोरियाको रक्षामन्त्रालयका विज्ञहरुले हानेका जनाइएको छ ।


यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको थियो । हालैका दिनमा उत्तरका क्रियाकलापहरु निकै बढ्दो रुपमा देखिएकोले परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले प्रतिरक्षात्मक प्रणाली जडान गर्ने बताउदै आएका छन् ।

उत्तर कोरियाले त्यस कार्यको निकै कडा शब्दमा विरोध गरेको छ । उत्तरले यदि त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेमा आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको उत्तर कोरियाले रोेकेको छैन । यसलाई विश्व समुदायले उत्तरको हठी स्वाभाव भईसकेको बताउने गरेका छन् ।
मङ्गलबारको यस परीक्षणपछि भने अमेरिका र संयुक्त राष्ट्रसंघको कुनै प्रतिक्रिया आएको छैन । साथै उत्तरले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget