Websoft University

www.radiomakalu.com || 021-522512


दुई हजारभन्दा बढी आयोजना पुनःनिर्माण

Image result for aayojana nepal

काठमाडौँ, साउन ४ गते । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आफ्नो स्थापनादेखि गत असार मसान्तसम्म देशका विभिन्न स्थानमा दुई हजार ८७० आयोजना पुनःनिर्माण गरेको छ ।
मन्त्रालयले मुलुकमा १० वर्षसम्म भएको द्वन्द्वमा ध्वस्त विभिन्न संरचनाअन्तर्गत कारागार, अदालत, उद्यान, स्मारक, सम्पदा, विद्यालय, गाविस भवन तथा जिल्ला, इलाका, क्षेत्रीय तहका सरकारी कार्यालय लगायत स्थलको मर्मत तथा पुनःनिर्माणको आयोजना सम्पन्न गरेको हो ।

विसं २०६४ मा भएको सरकार तथा तत्कालीन माओवादीसँगको सम्झौतापछि उक्त मन्त्रालय गठन भई पुनःनिर्माणका ती आयोजना थालिएकामा अहिलेसम्म पूरा भएका आयोजनालाई करिब रु आठ अर्ब ८५ करोड खर्च भएको मन्त्रालयले जनाएको छ ।

सशस्त्र द्वन्द्वका समयमा आठ हजार ९१६ संरचना भत्किएको अभिलेख मन्त्रालयसँग छ । ती सबै आयोजना आव २०७४÷७५ मा सम्पन्न हुनुपर्नेमा रकम अभाव तथा प्राविधिक कारणले हुन नसकेको मन्त्रालयका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

बाँकी करिब छ हजार आयोजना पुनःनिर्माण गर्न करिब रु ३६ अर्ब ३४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget