Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा नेपालको बैठक साउन ११ मा


Raprapa nepal

काठमाडौँ, साउन ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राप्रपासँग पार्टी एकीकरणका विषयमा निर्णय गर्न यही साउन ११ गते केन्द्रीय कार्यसम्पादन समिति बैठक काठमाडौँमा बोलाएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार उक्त बैठकमा ७५ जिल्लाका जिल्ला अध्यक्षलाई बोलाइएको छ । पार्टी एकीकरणका लागि दुवै पार्टीबाट कार्यदल गठन गरी विभिन्न चरणमा विभिन्न तहमा छलफल भइरहेको छ । एकीकरणपछि पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता तथा भ्रातृ सङ्गठनका भूमिकालगायत विषयमा छलफल गरिनेछ ।

उक्त बैठकले मुलुकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा तथा सरकारमा रहने वा नरहने निर्णयसमेत गर्नेछ ।

प्रवक्ता श्रेष्ठले मुलुकको राष्ट्रियता संरक्षणका लागि राष्ट्रवादी शक्तिको खाँचो रहेकाले लामो समयपछिको गृहकार्यपछि हुन लागेको दुवै पार्टीको एकीकरणलाई महत्वका साथ हेरिएको बताउँदै एकीकरण अगाडि हुने राप्रपा नेपालको सो बैठक अन्तिम हुने जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget