Websoft University

www.radiomakalu.com || 021-522512


सभामुख घर्ती र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता


सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको वातावरण बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छिन्।

बुधवार प्रचण्डको निवासमा बुधवार बिहान भएको भेटवार्तामा सभामुख घर्तीले प्रचण्डलाई दलीय सहमति भएमा आफु संसदको कार्यसूची परिवर्तन गर्न सकिने बताएकी थिइन्।

सभामुख घर्तीले सहमति नभए आफूले यसअघि निर्धारण गरेको कार्यसूचीलाई नै अघि बढाउन बाध्य हुने जानकारी प्रचण्डलाई गराएकी छिन्। जवाफमा अध्यक्ष प्रचण्डले सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट पुरा प्रयास गर्ने प्रतिक्रिया दिएका थिए।

भेटमा सभामुख घर्ती र प्रचण्डबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको थियो।

संसदमा दर्ता भएको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई बिहीबार बस्ने बैठकको कार्यसूची बनाएपछि प्रधानमन्त्री र उनको दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ। एमालेले तीनवटा आश्रित विधेयकलाई कार्यसूचीबाट हटाएर सभामुखले पेल्न खोजेको आरोप लगाउँदै आएको छ।

सभामुखले भने अविश्वासको प्रस्तावको सूचना आइसकेपछि अन्य विजिनेश छलफलमा ल्याउनु अघि सो प्रस्तावमा छलफल गराउनु पर्ने प्रचलन रहेको भन्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेकी थिइन्।

सभामुखले कांग्रेस सभापति शेरवहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम छ। - सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget