Websoft University

www.radiomakalu.com || 021-522512


झापाको अमरपथ जलमग्न, यातायात अबरुद्ध


badhi_jhapa1 (3)
झापा, साउन ५ गते १ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरुंगा खोलामा पानीको बहाव बढ्दा झापाको कनकाई नगरपालिका ५, तुलसीबारी चोकबाट माथिल्लो चप्रामारीसम्मको मानव बस्ती जलमग्न भएको छ । अहिले तुलसीबारी चोकदेखि चप्रामारीसम्मको बस्ती जलमग्न छ ।

सुरुंगादेखि पूर्वी नाका डिगलबैंक जोड्ने अमरपथ खण्डको करिब १ किलोमिटर कालोपत्रे बाटो समेत पूरै डुबेको छ । पूरै बाटो जलमग्न देखिन्छ । बाटोमा ४ फुटसम्म गहिराइमा पानी छ । बाटोको केही भाग पानीले बगाएको छ । बाटो जलमग्न भएपछि अमरपथ सडक खण्डमा यातायात समेत अबरुद्ध भएको छ ।



मोटरसाइकल र साइकल समेत तार्न समस्या भएको छ । बाढी विहान ७ बजेदेखि गाउँमा पसेको स्थानीय श्रीप्रसाद खरेलले बताए ।

बाटो अबरुद्ध भएपछि विरामी लिएर आएको एम्बुलेन्स समेत रोकिएको छ । खोला गाउँ पसेर बाटो समेत अबरुद्ध भएपछि सुरुंगा बजारदेखि झापा चोकसम्म जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।



करिब ४५ घरमा बाढी पस्न लागेको छ । घरका मानिसहरु सुरक्षित स्थानतर्फ आएका छन् । बाटोको दुबै तिर करिब २ सय यात्रुहरु बसिरहेका छन् । स्थानीय मोहन बयलकोटीले पानीको बहाव बढीरहेको बताए । अहिले यहाँ पानी समेत परिरहेको छ ।



गौरव पोखरेल, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget