Websoft University

www.radiomakalu.com || 021-522512


डा. शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार, बुधबार डिस्चार्ज



काठमाडौ, साउन २ गते । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला बुधवार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।


फाइल फोटो

कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । र,चौध दिनको एन्टीबायोटिक्स्को कोर्स पुरा हुनासाथ उनलाई डिस्जार्च गरिने उपचारमा संलग्न डा. लव जोशीले बताए ।

‘उनको उपचार नसकिएकाले केही दिनका लागि अस्पतालमै राखेका थियो । मंगलबार बेलुकीबाट औषधी सकिने हुँदा बुधवार डिस्चार्ज गर्छौं’ डा.जोशीले अनलाइनखबरसँग भने ।

उनका अनुसार डा. कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । र, उनी आफैं खान बस्न सक्ने भएका छन् । उनको मुखबाट अक्सिजनको मास्क समेत हटाइएको छ । उनी एकजना सहयोगीको साथमा आफैं बाथरुम जान सक्ने भएका छन् । उनलाई डाक्टरहरुको प्रत्यक्ष निगरानीमा ओम अस्पतालको प्राइभेट क्याविनमा राखिएको छ ।

उनको कक्षमा हालसम्म पनि बाहिरका मानिसलाई त्यतिधेरै आउजाउ गर्न दिइएको छैन । ‘राजनिति उथलपुहलका बेला उहाँको स्वास्थ्यमा असर नपरोस् तथा उहाँलाई तनाव नहोस् भन्नाका लागि परिवारको सहमतिमा नै बाहिरका मानिसलाई भेट्न नदिइएको हो’ डा. जोशीले भने, फेरि उहाँले पनि यो अवस्थाबाट तत्कालका लागि टाढै बस्ने इच्छा प्रकट गर्नुभएको छ ।’



निमोनियाका कारण डा. कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या आएपछि करिब दुई साता अघि -असार २४ गते मंगलबार) ओम अस्पतालान भर्ना गरिएको थियो । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget