Websoft University

www.radiomakalu.com || 021-522512


भोटेकोशी पीडितलाई राहत दिन सिन्धुपाल्चोकवासीको माग


bhote koshi 6
काठमाडौं,साउन २ गते । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित स्थानीयवासीलाई राहत उपलब्ध गराइ पुर्नवासको व्यवस्था गर्न सिन्धुपाल्चोकवासीले माग गरेका छन् ।

सिन्धुपाल्चोकबाट काठमाडौ आइ विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले आइतबार काठमाडौमा एक कार्यक्रम गरी भोटेकोशी आसपासका पाँच वटा गाविसका जनता बाढीका कारण विचल्लीमा परेको भन्दै उनीहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न माग गरेका हुन् ।

उनीहरुले बाढीले आवास र खाद्यान्न बगाएपछि त्यस क्षेत्रका बासिन्दा भोकभोकै वस्न वाध्य भएको भन्दै पीडितहरुलाई खाद्यान्न र अन्य अत्यावश्यकीय वस्तु उपलब्ध गराइनुपर्नेमा जोड दिए ।

उनीहरुले बाढी प्रभावित स्थानीयवासीको राहत र पुनर्वासमा एकजुट हुन राजनीतिक दलहरुसँग आग्रह गरे । सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने केही सांसद समेतको उपस्थिति रहेको कार्यक्रमका सहभागीहरुले तातोपानी नाका खुलाउनका लागि पहल गर्न पनि माग गरे ।

कार्यक्रममा तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्यराज पोखरेलले नाका खुलाउने विषयमा छलफल गर्न भन्सार विभागको टोली अर्को महिना चीन जान लागेको जानकारी दिए ।



कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले सडकको अभावमा बाढी प्रभावितहरुलाई राहत उपलब्ध गराउन समस्या भएको बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget