Websoft University

www.radiomakalu.com || 021-522512


पार्टीमा परामर्श गरेर मात्र निर्णय लिन देउवालाई पौडेलको ध्यानाकर्षण

केन्द्रीय समिति बैठक बोलाउन माग
काठमाडौं, साउन २ गते । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ । सरकार गठन जस्तो महत्वपूर्ण विषयमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने पौडेल पक्षको माग छ ।


फाइल तस्वीर

वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. रामशरण महत सभापति देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।

उनीहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर मात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । सबै पक्षको परामर्श लिएर पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभागहरु गठन गर्न पनि उनीहरुले देउवालाई सुझाव दिएका थिए ।



देउवासँगको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको नेता डा. महतले जानकारी दिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget