Websoft University

www.radiomakalu.com || 021-522512


झापामा वर्षा अझै रोकिएन, दजनौं घर डुबानमा


१५२.२ मिलिमिटर वर्षा
badhi_jhapa1 (3)


झापा,साउन ६ गते । गएरातिदेखिको वर्षा का कारण झापाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । मंगलबार साँझदेखि परेको अविरल वर्षा बुधबार दिउँसो रोकिएको थियो । त्यस्तै, बुधबार साँझदेखि परेको वर्षा अझै रोकिएको छैन ।

भारी वर्षाका कारण झापाका प्रमुख नदीहरु कन्काई, विरिङ्ग, रतुवा, निन्दा, देउनियाँ लगायतमा बाढी आएको छ । जिल्लाका भद्रपुर, कनकाई नगरपालिकाको तुलसीबारी र चप्रामारी, घेरावारी, चकचकी, राजगढ, पाँचगाछी लगायतका क्षेत्रहरु जलमग्न छन् ।

बुधबार साँझ सम्ममा नेपाल रेडक्रस सोसाइटीले तयार पारेको विवरण अनुसार अविरल वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका ३५ घरपरिवार डुबानमा परेका छन् ।

मानववस्तीमा पानी पस्दा करिब सयको संख्यामा मानिसहरु विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी, झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

१५२.२ मिलिमिटर वर्षा
मैनाचुलीमा स्थापित वर्षा मापन केन्द्रले जनाए अनुसार जिल्लामा १५२.२ मिलमिटर वर्षा भएको छ । यो चेतावनी स्तरभन्दा माथि भएको केन्द्रले जनाएको छ ।

रेडक्रसका अनुसार कनकाई नदीमा पानीको स्तर विहान ८ बजे ३.८ मिलिमिटर थियो । चेतावनी स्तरभन्दा माथि पानी पुगेपछि कनकाई नदी आसपासका १५ घरपरिवारलाई लक्षित गर्दै पूर्व सूचना प्रणालीको चेतावनी साइरन बजाइएको थियो । र, समुदायलाई सतर्क रहन भनिएको थियो ।



अझै खुलेन अमरपथ राजमार्ग

सुरुङ्गा खोलामा पानीको बहाव बढ्दा जलमग्न भएको कनकाई नगरपालिका-५, तुलसीबारी चोकबाट माथिल्लो चप्रामारीसम्मको करिब १ किलोमिटर क्षेत्र अझै जलमग्न छ । कालोपत्रे सडक बगाएको छ ।

स्थानीय श्रीप्रसाद खरेलका अनुसार पानीको बहाव घटे पनि अमरपथ खडकबाट पानी बगिरहेको छ । बुधबार त्यस क्षेत्रको सडकमा करिब ५ फुटसम्म पानी बगेको थियो ।

बाटो अबरुद्ध भएपछि त्यस क्षेत्रमा चल्ने ८ वटा यात्रु बस सञ्चालन हुन सकेका छैन । सडक बगाएपछि सर्वसाधारणलाई पैदल हिडेर आवतजावत गर्न पनि कठिनाई भएको छ ।

गाउँबाट विरामी लिएर आएको एम्बुलेन्स समेत बजारतिर आउन अझै सकेको छैन । ‘अघिल्लो वर्षहरुमा पनि बाढीले यहाँ सताउने गरेको थियो’, स्थानीय कृषक छविलाल पोखरेलले भने, ‘यस वर्ष पानीको बहाव धेरै डर लाग्दो देखियो ।’ बाटो बगाएपछि कहिले सम्ममा यातायत पूर्ण सञ्चालनमा आउँछ टुङ्गो छैन ।

विस्थापितलाई रेडक्रसको सहयोग

झापाको घेरावारी-४ स्थित भन्सार टोलमा अन्दुवा र विरिङ्ग खोला पस्दा १२ घर डुबानमा परेका छन् ।
त्यस्तै, घेरावारी-५, पिण्डलवारीमा विरिङ्ग खोलाका कारण १३ घरपरिवार डुबानमा परेका छन् । जसमा २ परिवार राजवंशी, ८ परिवार भटिया र ३ परिवार सन्थाल छन् ।

उनीहरुलाई भागडुब्बाको अमृत निम्न माविमा राखिएको छ । विस्थापित परिवारलाई रेडक्रस घेरावारी उपशाखाले १३ वटा कम्बल र २ वटा त्रिपाल वितरण गरेको छ ।

यस्तै, चकचकी-४ मा नालाको पानी पस्दा ५ घर डुवानमा परेका छन् । त्यसै गरेर राजगढ-२, डिल्लीबारी टोलामा बाढीका कारण २ घर विस्थापित भएका छन् । विस्थापित घरपरिवारलाई रेडक्रस घेरावारीले १र१ थान त्रिपाल र २र२ थान कम्बल वितरण गरेको छ ।

विस्थापित बालबालिकामा ज्वरोको समस्या

घर जलमग्न भएपछि विस्थापित बनेका परिवारका बालबालिकाहरुमा ज्वरो आउने समस्या देखिएको रेडक्रस झापाले जनाएको छ ।
बालबालिकाहरुले राम्रोसँग खान, सुत्न नपाउँदा ज्वरोको समस्या देखिएको रेडक्रसको भनाइ छ ।

विस्थापित परिवारका बालबालिकाहरुमा ज्वरोको समस्या देखिएपछि डाक्टरहरुले पानी खाँदा तताएर खान सुझाव दिएका छन् । साथै, न्यानो ठाउँमा बालबालिकाहरुलाई राख्न समेत सुझाएका छन् ।-गौरव पोखरेल, -अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget