Websoft University

www.radiomakalu.com || 021-522512


वर्षातमा कपाल स्याहार्ने १३ सामान्य घरेलु तरिका

hair care

यतिबेला देशभर भारी वर्ष भैरहेको छ । वर्षातको यो समयमा कपालको सुन्दरता कायम राख्न निकै समस्या पर्छ । विशेषगरी युवतीहरुलाई वर्षातमा कपाललाई कसरी सुन्दर बनाउने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ । वर्षातको समयमा सामान्य कुरामा ध्यान दिने र केही उपाय अपनाउने हो भने धेरै हदसम्म कपालको सुन्दरतालाई जोगाउन सकिन्छ । लगातारको वर्षे झरीमा कपालको सुन्दरता कायम राख्ने १३ घरेलु उपाय यस्ता छन् ।

१. सातामा एक दिन दही वा अमलाको धूलो लगाएर कपाल नुहाउने गर्नुपर्छ । यसो गर्दा तपाईको कपाल नरम, चम्किलो र लामो बन्नुका साथै बलियो पनि बन्छ ।

२. सामान्यतया अन्य समयमा झैँ कपाल नुहाइसकेपछि मोटो तौलियाले कपाललाई हल्का ढंगले मिच्दै पुछ्ने गर्नपर्छ । साथै केही समय कपाललाई तौलियामा नै बेरेर राख्नु राम्रो हुन्छ ।

३. धेरै जसो युवती तथा महिलाहरुले कपाल नुहाइसकेपछि जोडले झट्काल्ने गल्ती गर्छन् । तर कपाल नुहाइसकेपछि यसरी झट्काल्नु हुँदैन। साथै चर्को घाममा पनि बस्नु हुँदैन ।

४. तपाईले कपालमा लगाउने गरेको तेल एउटै हुनुपर्छ ।
५  छोटो समयमा धेरै थरी तेल बदल्दा कपालमा समस्या आउन सक्छ ।

६. एक गिलास दहीमा थोरै कालो मरिचको धूलो मिसाएर लगाउँदा कपाल कालो सुन्दर देखिन्छ ।

७. कपालमा धेरै बास्ना आउने तेल राख्नु हुँदैन।

८. सर्स्यूको तेलमा कागतीको रस मिसाएर कपाललाई मालिस गर्दा निकै फाइदा पुग्छ । यसरी मालिस गरेको केही समयपछि कपाल नुहाउँदा तपाईको कपलाको जरा निकै बलियो बन्छ भने कपाल आकर्षक देखिन्छ ।
९. अमलाको तेलमा कागतीको रस प्रयोग गरेर मालिस गर्दा पनि निकै फाइदा पुग्ने गर्छ ।

९. कपाल सुकेपछि जोडले तेल लगाउनु हुँदैन । विस्तारै औंलाले मालिस गर्दै तेल लगाउनु फाइदाजनक हुन्छ ।

१०. पानीमा थोरै भिनेगर मिसाएर कपाल धुने गर्दा चयाबाट मुक्ति मिल्छ । सकेसम्म कम मात्रामा स्याम्पु प्रयोग गर्नुपर्छ ।

११. कपालसँगै समग्र स्वास्थ्यका लागि शुद्ध पानी पिउनु फाइदाजनक हुन्छ । त्यसकारण दैनिक १० देखि १२ गिलास पानी पिउनु राम्रो हुन्छ ।
१२. सन्तुलित आहार र पौष्टिक खानपिनसँगै नियमित व्यायमले पनि कपालसँगै समग्र शरिरलाई सुन्दर बनाउन मद्धत गर्छ ।

१३. धूमपान वा अन्य नशालु पदार्थको सेवन कहिले पनि गर्नुहुँदैन ।-स्वास्थ्यखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget