Websoft University

www.radiomakalu.com || 021-522512


शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने

 शीर्ष नेता र सभामुखबीच छलफल टुंगाेमा पुगेन, १ बजे फेरि बस्ने
 सभामुख अाेनसरी घर्तीले बाेलाएकाे बैठकमा सहभागी प्रधानमन्त्री, कांग्रेस सभापतपि, माअाेवादी अध्यक्षलगायत नेताहरू। तस्बिर - दिपेश श्रेष्ठ



काठमाडौं , साउन ६ गते । सहमतिको अन्तिम प्रयास स्वरुप सभामुख ओनसरी घर्ती र प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा नपुगी स्थगित भएकाे छ। करिव डेढ घन्टा लामाे बैठकमा विभिन्न विकल्पमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेकाे हाे। शीर्ष नेता र सभामुखबीच दिउँसाे १ बजे फेरि बैठक बस्ने सहमति भएकाे सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

बैठक सकारातमक भएकाले फेरि बस्नेगरी स्थगित भएकाे उनले जनाए। बैठकमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताको उपस्थिति रहेको थियाे। सत्तारुढ गठबन्धनले यसअघि कार्यसूचिमा रहेको आश्रित विधेयकलाई सभामुखले कार्यसूचिबाट हटाएर अविश्वास प्रस्तावमाथि छलफलका लागि समय तोकेपछि दलहरुबीच विवाद भएको छ।

सत्तारुढ गठबन्धन जसरी पनि आश्रित विधेयक पहिला पारित हुनुपर्ने अडानमा छन् भने कांग्रेस–माओवादी अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन्। एमालेले आश्रित विधेयकमाथि छलफल नगराए संसद अबरुद्ध पार्ने बताइसकेको छ। दलहरुबीच सहमति नभएपछि सभामुखले सहमतिको प्रयासस्वरुप बैठक बोलाएकी हुन्। दलहरुबीच सहमति नभए अविश्वस प्रस्तावमाथिको छलफललाई अगाडि बढाउने सभामुखको तयारी छ। - नागरिकबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget