Websoft University

www.radiomakalu.com || 021-522512


झापाका विस्थापित परिवार घर फर्किन थाले

Jhapa Duban (2)

झापा,साउन १५ गते । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् ।

आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो ।

झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, भद्रपुर १० र ११, गौरीगञ्ज-३ र पाँचगाछी १ र ७ का १ सय ५ परिवार घर फर्किएको रेडक्रस झापाका कार्यक्रम संयोजक अम्बर भण्डारीले जानकारी दिए ।

झापाको भद्रपुर उमावि बस्दै आएका विस्थापित परिवारहरु पनि आफ्नो घर र्फकने तयारीमा रहेको जनाइएको छ । यस्तै, अन्य विभिन्न क्षेत्रका विस्थापित परिवारहरु अवस्था हेरेर घर र्फकने तयारीमा छन् ।

बेपत्ता एकातिर बाढीका कारण विस्थापित बनेका परिवारहरु घर र्फकने क्रम शुरु भएको छ भने अर्कातिर बेपत्ता बनेका ४ जनाको अझै सम्म अत्तोपत्तो छैन । बाढीका कारण झापामा ७ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, बाढीका कारण वेपत्ता बनेकाहरुको तीब्र रुपमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले बताएका छन् ।

राहत

बाढीबाट प्रभावित भएका परिवारहरुलाई क्षतिको अवस्थाका आधारमा राहत वितरण कार्य धमाधम भइरहेको छ । जिल्लाका विभिन्न नगरपालिका र गाविसहरुमा रहेका बाढी पीडितहरुलाई विभिन्न निकायहरुले राहत वितरण गरिरहेका छन् ।

रेडक्रसले विभिन्न निकायहरुसँग सहकार्य गरेर पूर्ण प्याकेज राहत ११ जना बाढी पीडितहरुलाई प्रदान गरेका छ । त्यस्तै, आवश्यकता अनुसार विभिन्न क्षेत्रका पीडितहरुलाई २ सय २१ थान त्रिपाल, २ सय ५७ थान कम्मल, १ सय थान तयारी कपडा, ४ सय ९५ थान तयार नगरिएको कपडा, २ सय ९४ जनालाई खाद्यान्न र २ सय ३१ जनालाई तयारी खाना वितरण गरेको छ ।
आवश्यकता अनुसार राहत वितरण भइरहेको बताइएको छ ।

बाढी प्रभावित घेराबारी, राजगढ, घेराबारी, खजुरगाछी, गौरीगञ्ज, हल्दिबारी, कुमरखोद, गरामनी, चकचकी, भद्रपुर, मेचीनगर, शिवसताक्षी, भद्रपुर, पाठामारी, डाँगीबारी, ज्यामिरगढी, केचना, दुवागढी, गरामनी लगायतको क्षेत्रमा राहत वितरण भइरहेको हो ।-गौरव पोखरेल, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget