Websoft University

www.radiomakalu.com || 021-522512


हिलारी क्लिन्टनको चुनाव प्रचार अभियान हृयाक !

hillary_clinton

काठमाडौं, साउन १५ गते । अमेरिकी मिडिया रिपोर्टहरु अनुसार डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उमेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित जानकारीहरु हृयाक गरिएको छ ।

रिपोर्टहरुमा यसलाईलाई डेमोक्रेटिक पार्टी विरुद्धको ठूलो साइबर हमला बताइएको बीबीसीले जनाएको छ ।

डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटिसँग सम्बन्धित दुई जानकारी हृयाक गरिएको हो ।
अमेरिकी अधिकारीका अनुसार हमलाको पछाडि रुसी सरकारको लागि काम गर्ने एजेन्टको हात रहेको छ ।

रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका व्यक्त गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रुस सरकारले साइबल हमलामा आफ्नो कुनै हात नरहेको बताएको छ । र, अमेरिकाको यस्तो आरोपलाई उसले ‘द्वेष भरिएको रुस विरोधी’ भनाइ भन्दै निन्दा गरकेो छ ।

क्लिन्टनको चुनावी प्रचार टीमले जाँच बुझ सम्बन्धि डाटा प्रोग्राम हृयाकरले कव्जामा लिएको बताएको छ ।

एफबीआइले हृयाकिङबारे गंभिरता पूर्वक जाँच गरिरहेको जनाएको छ ।-अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget