Websoft University

www.radiomakalu.com || 021-522512


बैदेशिक रोजगारी : घट्यो मलेसियाको आकर्षण



काठमाडौं, साउन २ गते ।केही बर्षअघिसम्म वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख आकर्षक रहेको मलेसिया अहिले रोजाइमा पर्न छाडेको छ । दिन प्रतिदिन समस्या बढ्दै गएपछि नेपाली युवाको मलेसिया जानेक्रम ह्वात्तै घटेको हो ।

सरकारले शुन्य लागतको घोषणा गरेपनि म्यानपावर कम्पनीले एक लाख भन्दाबढी रकम लिने गरेको, मलेसियन रिंगेटको भाउ घटेको तथा स्वास्थ्य परिक्षणका वायोमेट्रिक प्रणाली लागु भएका कारण नेपाली कामदार मलेसिया जानेक्रम घट्दै गएको हो । यस्तै, म्यानपावर कम्पनीले सम्झौता गरेअनुसार काम, पारिश्रमिक र सेवा सुविधा नपाउने मात्र होइन ठूलो संख्यामा कामदार अलपत्र पार्ने, चोरी डकैत र लुटपाटका घटना पनि मलेसियामा बढ्दै गएका छन् । रोजगारीका लागि मलेसिया जाने प्रक्रिया सुरु हुँदादेखि नै कामदार ठगिनेक्र पनि सुरु हुने गरेको छ । म्यानपावरले १० हजारको रसिद दिएर एक लाखदेखि एक लाख ५० हजारसम्म रकम असुल्ने तर काम र पारिश्रमिकको ग्यारेन्टी नहुने गुनासो पनि वैदेशिक रोजगार विभागमा बढ्दै गएको छ ।
Malaysia

विभागमा अहिले धेरैजसो मलेसियाकै उजुरी देखिएको अधिकारीहरु बताउँछन् । एकपछि अर्को गर्दै समस्या बढ्दै जानुले श्रम स्वीकृती लिनेको संख्या विगतको तुलनामा करिव ७५ प्रतिशत घटेको छ । विगतमा बर्षमा २ लाख भन्दावढी कामदारले मलेसियाका लागि श्रम स्वीकृती लिने गरेका थिए । तर, अहिले यो संख्या चालु आवमा ५० देखि ६० हजारको हाराहारीमा झरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक बर्ष ७०/७१ मा २ लाख १४ हजार एक सय ५९ जना रोजगारीका लागि मलेसिया गएका थिए । यस्तै, ०७१/०७२ मा पनि २ लाख २ हजार ८ सय २८ जना रोजगारीकै लागि मलेसिया उडे । तर, चालु आवको जेठ मसन्त सम्म विभागवाट श्रवीकृती लिएर मलेसिया जानेको संख्या ५५ हजार ८ सय ८० जना छ । यो तथ्याङ्कले पनि मलेसियामा नेपाली आकर्षण घटेको पुष्टी गरेको छ ।

मलेसिया सवै भन्दावढी नेपाली कामदार रोजगारीमा रहेको मुलुक हो । वैद्यानिक रुपमा मात्र करिव ८ लाख नेपाली मलेसियामा कार्यरत रहेको सरकारी अनुमान छ । यस्तै, अवैद्यानिक रुपमा पनि केही लाख नेपाली त्यहाँ छन् । पछिल्लो समय मलेसियाले अवैद्यलाई वैद्यानिकता दिने र केहीलाई घरफिर्ता पठाएपनि अझै लुकीछिपी रहनेको संख्या पनि ठूलै रहेको मलेसियामा कार्यरत कामदारहरु बताउँछन् । ‘यहाँ भनेको पारिश्रमिक र सेवा सुविधा कमैले मात्र पाउँछन्, अर्कोतिर चोरी र लुटपाट पनि पछिल्लो समय ज्यादै वढेको छ’, विदामा आएका मलेसियामा कार्यरत सुर्खेत तुलीखोलाका याम वहादुर वुढाले भने, ‘पहिला राम्रो थियो, अहिले त धेरैको विजोग भएको छ, भर्सक नगएकै राम्रो ।’ त्यहाँ इनडोनेसिया, फिलिपिन्स लगायगतका मुलुकका कामदार छन् । तीनै कामदार र मलेसियाका स्थानियजातीवाट नेपाली कामदार लुटिने गरेका हुन् ।

विमानस्थलमै भेटिएका झापा अर्नुनधाराका महेश ओलीले आफु बल्ल नेपाल आएको भन्दै अव भुक्किएर पनि मलेसिया नजाने बताए । तीन बर्षमा झण्डै ६ महिना बराबरको पारिश्रमिक लुटिएको उनले सुनाए । यस्ता घटनामा परि स्वदेश फर्कन नसक्ने कामदार हजारौं रहेको उनको भनाई छ । कतिको त घर फर्कन तयार पारेको पैसा, लत्ता कपडा र गहनापनि चोरीएपछि उतै काम गरिरहेको उनी बताउँछन् । बल्ल तल्ल दुतावासको सहयोगमा स्वदेश फर्किनेपनि थुप्रै रहेको उनले बताए ।

खाडीतिर लम्किदै युवा
मलेसियाको रोजगारीमा वाधा देखेपछि यतिवेला नेपाली युवा धमाधम खाडीतिर लागेका छन् । कम लागत र मलेसियाभन्दा वढी कमाइ र सुरक्षा देखेपछि खाडी मुलुक जान थालेका हुन् । चालु आवको ११ महिनामा साउदी अरव जानेको संख्या मात्र १ लाख २७ हजार ४ सय पुगेको छ भने कतार जाने १ लाख २० ४ सय ७९ जना छन् । यस्तै, ४८ हजार ६ सय ५५ जना युएई र ९ हजार ३ सय ४४ जना यो समायमा कुवेत पुगेका छन् ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget