Websoft University

www.radiomakalu.com || 021-522512


गच्छदारको रोजाईमा ओली कि प्रचण्ड ?

काठमाडौ साउन २ गते । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार अगामी सत्ता समिकरणको बारेमा अन्योलमा देखिएका छन् ।
Gachhadar


हरेक सरकारमा सहभागि हुँदै आएका गच्छदार अगामी सरकारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रोज्ने कि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाईनै रोज्ने भन्ने अन्योलमा देखिएका हुन् ।

यद्यपी नयाँ सत्ता समिकरणको बारेमा अध्यक्ष गच्छदारले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग दुई पटक भेटिसकेका छन् । दुईटै भेटमा गच्छदारले प्रचण्डलाई सहयोग गर्ने नगर्ने बारे केहि नबताएपछि प्रचण्डको नेतृत्व गर्ने सरकारी गठबन्धनमा कुन कुन दल हुने भन्ने विषयमा चासो राखेको बताइएको छ ।

ओली सरकारमाथि माओवादी केन्द्र र नेपाली काँग्रेसले ल्याएको अविश्वासको प्रस्तावको बारेमा गच्छदारले हालसम्म केही प्रतिकृया दिएका छैनन् ।
उनी निकट एक नेताले भने, छोराको बिहे भएका कारणले उहाँले कुनै प्रतिकृया नदिनु भएको हो । यद्यपी उहाँ अब खुलेर आउनु हुन्छ ।’
असार २९ गते गाकेर्ण रिसोर्टमा गच्छदारको कान्छा छोरा सुभाषको विहे भएको थियो भने हिजो मात्रै आर्मी उनले अफिसर्स क्लवमा विहेको भब्य पार्टी दिएका थिए । सो विहे भोजमा सबैजसो पार्टीका नेताहरुको उपस्थिति थियो ।

गच्छदारका लागि दुई चुनौती
पार्टीलाई क्षति पुर्याएर भएपनि उनी जहिले पनि सरकारमा रहदै आएका छन् । तर, प्रचण्डको नेतृत्वमा बन्ने भनिएको सरकारमा विजयकुमार गच्छदार सहभागि नहोउन् भन्ने चाहना मधेशी मोर्चामा आवद्ध दलका नेताहरुको छ ।
गणतन्त्र स्थापना पछि प्रचण्ड नेतृत्वमा गठन भएको सरकारमा उपेन्द्र यादव र विजय गच्छदारसँगै थिए । त्यसपछि बनेका कुनै पनि सरकारमा यी दुई जना सँगै छैनन् । उपेन्द्र यादवलगायत मोर्चाका अन्य नेताहरुको चाहना पनि कांग्रेस–माओवादी गठबन्धनको सरकारमा गच्छदारको सहभागि नरहोस् भन्ने चाहना रहेको बुझिएको छ । यसो त यादव नेतृत्वको संघीय गठबन्धनले पनि ओली सरकार ढाल्न सहयोग गर्ने बताएपनि सरकारमा जाने नजान भन्नेमा प्रस्ट धारणा बाहिर ल्याएको छैन ।

अविश्वास प्रस्ताव ल्याउनमा मधेशी मोर्चाले खुलेर साथ दिएको छ । तर गच्छदारले ओलीको सरकार अझै छाडेका छैनन् । यस्तो अवस्थामा मधेशी मोर्चा सरकारमा सहभागि हुने अवस्था आए प्रचण्डले गच्छदारलाई भाउ नदिने विश्लेषणहरु भइरहेको छ ।

विगतमा विजयकुमार गच्छदार कांग्रेस सभापति शेरवहादुर देउवाका विश्वास पात्र भएपनि पछिल्लो समय उनलाई छाडेर मधेश राजनीतिकमा सहभागि भएका थिए । र, कतिपय अवस्थामा काँग्रेसको पनि विरोध गर्दै हिडेका छन् । त्यही कारणले कांग्रेसकै नेताहरुले उनलाई रुचाएका छैनन् ।
सत्ता र कुर्सीका लागि जे पनि गर्न सक्ने गच्छदारमाथि यतिकै विश्वास गरिहाल्ने पक्षमा काँग्रेस नरहेको स्रोतहरुले जनाएको छ ।

के भन्छन् नेता ?
अगामी सरकार गठनको बारेमा प्रतिकृया लिन अध्यक्ष गच्छदारलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । पार्टीका वरिष्ठ नेता रामेश्वर रायले भने सरकारमा सहभागिताका बारेमा पार्टीले कुनै निर्णय नगरेको भन्दै सोमबार बैठक बोलाइएको सो बैठकबाट उपयुक्त निर्णय हुने सक्ने बताए ।
‘पार्टीले यस बारेमा केही निर्णय गरेको छैन, भोली बस्ने बैठकले मात्र केही निर्णय गर्न सक्छ’, उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget