Websoft University

www.radiomakalu.com || 021-522512


नेपालमै पहिलोपटक कृषि अवार्ड हुँदै


7af8e2ed-4cdc-443c-bab0-d3cf24940fd6
काठमाडौँ, अधिकांश नेपाली जीविकोपार्जनका लागि खेतिकिसान गर्छन् । यो प्रद्धतिमा परिमार्जन गरी रूपान्तरण गर्न आवश्यक छ । यसका अलावा अर्गानिक खेतिपाती, प्रांगारिक कृषि प्रणालीलाई जोड दिनुपर्छ । प्रतिस्पर्धी बजारलाई चाहिने जनशक्ति तथा तिनको तालिम, ज्ञान, सीपलाई उत्पादनमूलक बनाउन सकेको खण्डमा मात्रै कृषिको दिगो विकास गर्न सकिन्छ । कृषि पत्रकार असिम सापकोटा भन्छन्, ‘नेपालमा हुन सक्ने वस्तुको उत्पादन बढाउन सके स्वतः नेपाली किसानको आम्दानी बढाउन सकिन्छ । बढी भएको उत्पादन विश्वबजारमा पनि पु¥याउन सकिन्छ ।’ लामो समयदेखि कृषिको पत्रकारिता गरिरहेका सापकोटा तीन वर्षदेखि कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाका प्रबन्ध निर्देशकसमेत हुन् । कृषि क्षेत्रमा क्रियाशील तथा नेपालको कृषिको व्यवसायीकरणमा योगदान पुर्याइरहेका १० जनालाई यो एग्रो टाइम्स पत्रिकाले कृषि अवार्ड वितरण गर्न लागेको छ । उसले नेपालमै पहिलोपटक कृषि अवार्ड वितरण गर्न लागेको हो । किसानलाई थप हौसला दिन अवार्ड वितरण गर्न लागिएको हो । कृषिमा क्रियाशील, नेपालको कृषिको व्यवसायीकरणअन्तर्गत प्रत्येक विधामा आबद्धले आवेदन दिन सक्नेछन् । अवार्डका लागि आवेदन खुला गरिएको छ । व्यावसायिक रूपमा लागिरहेका र अन्यलाई समेत व्यावसायिक रूपमा कृषिमा लाग्न प्रेरित गरिरहेकाले आवेदन दिन सक्नेछन् । आवेदन भरेकामध्ये जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालयलगायतका सरकारी कार्यालसँग सहकार्य गरी देशभरिबाट सयजनालाई छनोट प्रक्रियामा लगिनेछ । छनोटमा परेकालाई कदरपत्रसहित सम्मान गरिनेछ । त्यसपछि विभिन्न प्रक्रियामार्फत उत्कृष्ट १० जनालाई छनोट गरिनेछ । - रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget