Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रको बैठक लाजिम्पाटमा जारी


Mao-Meet

काठमाडौं,साउन ३ गते ।नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक पार्टी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा  वसिरहेको छ ।

माओवादी केन्द्र एक केन्द्रिय सदस्यका अनुसार बैठक नयाँ सरकार गठनमा केन्द्रले कसरी जाने भन्ने विषयमा छलफल केन्द्रित भएको बताए ।उनका अनुसार सरकारबाट समर्थन फिर्तापछिको अबस्था अब माओबादी कसरी जाने भन्ने छलफल भईरहेको छ । सरकारबाट समर्थन फिर्तापछि पार्टीमा केही नेताको असुन्तुष्टीका विषयमा समेत छलफल हुनेछ ।


अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा छलफल नगरेको भन्दै निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो ।


केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै संसदमा नेपाली कांग्रेससाग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेको छ ।

अध्यक्षको आलोचना
अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको निर्णय गर्दा संस्थागतरुपमा छलफल नगरेको भन्दै निर्णय गर्दा पार्टीमा छलफल नभएको भन्दै नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझी, शक्ति बस्नेतलगायतले अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए । सरकारबाट बाहिरिने राजनीतिक निर्णयबारे पार्टीमा मतभेद देखिएको थियो । तर, यसमा बहस गर्दै जाने र पार्टीको निर्णयलाई एकतावद्ध भएर कार्यान्वयन गर्ने आइतबार सहमति जुटेको नेताहरुले दाबी गरेका छन् ।

पार्टीको संगठनात्मक विषयअन्तरगत पोलिटब्यूरो, सचिवालय लगायतलाई पूर्णता दिनबारे भने आइतबार छलफल भएन । बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।आइतबारको बैठकले सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पास गराउन एकतावद्ध भएर लाग्ने निर्णयसमेत गरेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget