Websoft University

www.radiomakalu.com || 021-522512


बाढी पहिरोले करोडौँको क्षति, गोठालासहित २०० बाख्रा बेपत्ता



मुगु, चार दिनयता लगातार पानी पर्दा जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरो गई करोडौँको सम्पत्ति क्षति भएको छ । शुक्रबार राति परेको वर्षाले मुगु कर्णालीमा बाढी आउँदा माग्री गाविस–४ छाइलको गाठे भन्ने स्थानमा रहेका तीन वटा पसल बगाएको छ । बगेका पसल सोही गाउँका धनबहादुर बुढा, जङ्गवीर रोकाया र वीरसिंह बुढाका हुन् । पसलको पूर्वपट्टि रहेको चिमात खोलामा आएको बाढी पसलतिर आएपछि तीन वटा घरसँगै पसलमा रहेका लाखौँ सामान बाढीले बगाउँदा तीनै जना घर न घाटका भएका छन् ।




शनिबार दिउँसो परेको पानीले माग्री–१ चिमाथको जङ्गलमा पहिरो जाँदा भेडाबाख्रा चराएर फर्कंदै गरेका माग्री–१ चिमात गाउँका १८ वर्षीय पुष्कर भाम र २०० बढी बाख्रा पहिरोमा बेपत्ता भएका छन् । सँगै रहेका अन्य गोठालाले जिल्ला प्रहरी कार्यालयमा फोन गरेर खबर गरेपछि घटनास्थलतर्फ प्रहरी उद्धारका लागि शनिबार दिउँसै हिँडेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म २० वटा बाख्रा मृत अवस्थामा भेटिएका र अन्यको खोजी भइरहेको बताएको छ ।

बाढी पहिरोले चिमात गाउँका दुई घरमा क्षति पु¥याएको र खानेपानीको पाइप बगाउँदा खानेपानीको अभाव सिर्जना भएको छ । यस्तै माग्री गाविस–४ मा रहेको छाइल गाउँका स्थानीयवासीको जग्गा पाँपु खोलाको बाढीले बगाउँदा पाखेगरासँगै बर्खेबाली बगाएको छाइल गाउँका स्थानीयवासी पूर्णबहादुर रोकायाले बताउनुभयो ।

माग्री गाविसमै रहेको च्याप्ने गाढमा आएको बाढीले खोलामाथि लगाएको काठेपुल बगाउँदा छाइल, पाँपु र मह गाउँका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । माग्री गाविसमा रहेका पाँपु खोला, चिमात खोला, च्याप्ने खोला र सोही गाविस भएर बग्ने मुगु कर्णालीमा तीन दिनयतादेखि परेको अविरल वर्षाले करोडौँको चल अचल सम्पत्तिमा क्षति पु¥याएको र उद्घार, राहत तथा स्वास्थ्य उपचारका लागि प्रहरीसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला दैवी प्रकोप तथा उद्घार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले बताउनुभयो ।

घटनास्थल जिल्ला सदरमुकामबाट १२ कोस पूर्वमा रहेको छ । शुक्रबार राति परेको पानीले रोवा–४ छाइलमा रहेको ऋणीमोक्ष खोलामा बाढी आउँदा खोलामा रहेका छ वटा घट्ट, खानेपानी पाइप बगाएको र बाँचुराम ऐडी र बली ऐडीका घर जोखिममा रहेको लुम्स गाउँका स्थानीयवासी मौरी खत्रीले बताउनुभयो । लुम्समा पनि बाढीले खेत बगाउनुका साथै बर्खेबालीहरु धान, कोदो, सिमी, मकै, नष्ट गरेको छ । जिल्लामै सबैभन्दा बढी खुर्सानी हुने यो ठाउँमा बाढीले खुर्सानीबारीसमेत बगाएकाले यो वर्ष जिल्लामा खुर्सानी अभाव हुने देखिएको छ ।

वर्षाको पानीले जताततै बाढी र भेल ल्याए पनि मुख्य गरी ताल्च तल, कालापाल्त, लुम्स, छाइल, चिमात र ठिनीमा बढी क्षति पु¥याएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget